मेलनिया ट्रम्पले सुरु गरिन् प्रशासनिक जिम्मेवारी « Khabarhub

मेलनिया ट्रम्पले सुरु गरिन् प्रशासनिक जिम्मेवारी


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – प्रथम अमेरिकी महिला मेलनिया ट्रम्पले प्रशासनिक जिम्मेवारीको सुरुवात गरेकी छिन् । आफ्नो प्रशासनको चिफ अफ स्टाफ चयन गर्दै उनले कामको सुरुवात गरेकी हुन् । उनले हेरी हेरिसनलाई सो जिम्मेवारी दिएकी हुन् ।

डोनाल्ड ट्रम्पले अर्थ मन्त्रीको जिम्मेवारी स्कट बेसेन्टलाई तोकेका छन् । चुनावी अभियानमा उनले ट्रम्पको अर्थनीति तयार गर्न सहयोग गरेका थिए ।

पछिल्लो समाचार अनुसार ट्रम्प एफबिआई निर्देशकका लागि नयाँ व्यक्तिको खोजीका छन् । यसअघि माइक रोजर्सको चर्चा भए पनि ट्रम्पको भित्री समूह भने यसमा पुर्नविचार गर्न आवश्यक ठान्न थालेको छ ।

केही दिन अघि डेपुटी चिफ अफ स्टाफ डान स्काभिनानले ट्रम्पलाई भेटेर रोजर्सको विकल्पका बारे सल्लाह दिएका थिए । अहिलेका एफबिआई निर्देशक क्रिस्टोफर रेको कार्यकाल तीन वर्ष बाँकी रहे पनि ट्रम्प उनलाई हटाउन चाहन्छन् । यसअघि विवादमा रहेका म्याट गेयट्जको मनोनयन सिनेटले अस्वीकार गरेपछि ट्रम्प बाँकी निर्णय गर्न सावधान रहेको जनाइएको छ ।

पछिल्लो समाचार अनुसार ट्रम्पको कोर टिमले कृषि मन्त्रीका लागि कोली लोफरलाई चयन गर्ने सम्भावना बढेको छ । जर्जियाकी पूर्व सिनेटर लाफरले ट्रम्पको चुनावी अभियानमा लाखौँ डलर चन्दा बटुलेकी थिइन् । गएको गृष्म ऋतुमा भएको पहिलो बहसको समयमा नै उनले धेरै चन्दा जम्मा गरेकी थिइन् ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ६ : ३२ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी