नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय | Khabarhub Khabarhub

नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जिल्लाका प्रत्येक प्रहरीलाई अध्ययनशील बनाउन जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार प्रहरीले आफ्नो काम सकेपछि पुस्तकालयमा बसेर पढ्न, कोठामा लैजान सक्नेगरी अध्ययनको वातावरण बनाउन लागिएको हो ।

पुस्तकालयमा लुम्बिनी स्मारिका, मदरसा सन्देश, ज्ञान गङ्गा, जीउने मार्ग, आधुनिक ब्राहमण्ड, चौतारी, दरबाहिरकी महारानी, प्रज्ञा आधुनिक नेपाली गजललगायत तीन सयबढी किताब राखिएका छन् । प्रहरी उपरीक्षक फुँयालले तीन हजार किताब थप गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।

अहिले प्रहरीका लागि मात्र कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको भन्दै आगामी दिनमा सर्वसाधारण पनि कार्यालयभित्र आएर पढ्न पाउने वातावरण बनाइने फुँयालले उल्लेख गरे । पुस्तकालय गत कात्तिकमा स्थापना भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ४ : ३३ बजे

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका

देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण

रवि भेटेपछि प्रचण्डले भने- अलिक दुब्लाउनु भएछ, अनुहार राम्रै देखेँ

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी