नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय « Khabarhub

नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जिल्लाका प्रत्येक प्रहरीलाई अध्ययनशील बनाउन जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार प्रहरीले आफ्नो काम सकेपछि पुस्तकालयमा बसेर पढ्न, कोठामा लैजान सक्नेगरी अध्ययनको वातावरण बनाउन लागिएको हो ।

पुस्तकालयमा लुम्बिनी स्मारिका, मदरसा सन्देश, ज्ञान गङ्गा, जीउने मार्ग, आधुनिक ब्राहमण्ड, चौतारी, दरबाहिरकी महारानी, प्रज्ञा आधुनिक नेपाली गजललगायत तीन सयबढी किताब राखिएका छन् । प्रहरी उपरीक्षक फुँयालले तीन हजार किताब थप गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।

अहिले प्रहरीका लागि मात्र कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको भन्दै आगामी दिनमा सर्वसाधारण पनि कार्यालयभित्र आएर पढ्न पाउने वातावरण बनाइने फुँयालले उल्लेख गरे । पुस्तकालय गत कात्तिकमा स्थापना भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ४ : ३३ बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न