समाजवाद स्थापना नभएसम्म क्रान्ति जारी रहन्छ : विप्लव  « Khabarhub

समाजवाद स्थापना नभएसम्म क्रान्ति जारी रहन्छ : विप्लव 


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गरेका छन्। 

नेत्रविक्रम चन्दको  नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज आयोजित सभामा उनले ८० को दशकलाई राष्ट्रिय स्वाधीनता, समाजवाद निर्माणलाई केन्द्रित गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउने धारणा राखे।

विगतमा नेकपा (माओवादी) मा रही नेपाली जनताको परिवर्तनको चाहना र न्यायका लागि गरेको योगदान इतिहास साक्षी रहेको बताउँदै महासचिव चन्दले देश र नेपाली जनताको सुख तथा समृद्धिका सधैँ काम गरिरहने विचार प्रकट गरे ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विगतमा क्रान्तिको अगुवाई गरेका कतिपय कम्युनिष्ट पार्टीमा उतार–चढाव तथा विचलन आएपछि जनताको क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्दैआएको बताए।  

केन्द्रिय सदस्य माइला लामाले मुलुकको अस्थिर राजनीति र वेरोजगारलगायतकारण युवापुस्ता अध्ययन र रोजगारीका लागि विदेशिन बाध्य हुँदा गाँउघर खाली हुन पुगेको घटना सुनाए।

तत्कालीन नेकपा (माओवादी)बाट अलग भइ विसं २०७१ मा एउटा धारले महासचिव चन्दको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन गरेको थियो ।

 सभाअघि स्थापना दिवसका अवसरमा आयोजित झाँकिसहितको र्‍यालीले नगर परिक्रमा गरेको थियो भने सभामा महासचिव चन्दले पार्टीको झन्डोत्तोलन गरे।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ५ : ५१ बजे

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित