मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस « Khabarhub

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक ‘मुन्दुम ट्रेल’ यतिबेला ढकमक्क फुलेका गुराँसले राताम्मे बनेको छ। खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाको सिमानामा पर्ने यो पदमार्गमा थरिथरिका गुराँस हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ।

खोटाङको साकेला गाउँपालिका–३ तावाभञ्ज्याङबाट सुरु हुने यो पदमार्गमा रातो, सेतो र गुलाबी रङका गुराँसका साथै चिमाल र चाँपले वनै रंगीन बनाएको छ। हालै यो पदयात्रा पूरा गरेका ओजनबाबु आचार्य नेतृत्वको टोलीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरले मुन्दुम ट्रेलको चर्चा थप चुलिएको हो।

यसपटक मुन्दुम ट्रेलमा के छ विशेष ?

घाँसे मैदानमा गुराँस: अन्य ठाउँमा भिर–पाखामा गुराँस फुल्ने भए पनि यहाँ ठूला–ठूला घाँसे मैदानमै गुराँस ढकमक्क फुलेको देख्न सकिन्छ।

जैविक विविधता: अनुसन्धानकर्ताका अनुसार यस क्षेत्रमा १८ प्रजातिका गुराँस फेला परेका छन्। साथै यहाँ रेडपाण्डा, थार र भिरमौरी जस्ता दुर्लभ वन्यजन्तुको समेत अवलोकन गर्न पाइन्छ।

गोठ–स्टे : पर्यटकको संख्या बढेसँगै स्थानीयले परम्परागत गोठहरूलाई स्तरोन्नति गरी बस्ने–खाने व्यवस्था मिलाएका छन्। यहाँ आउने पर्यटकले चौँरीको दूध, फापर–कोदोको ढिँडो, लोकल कुखुरा र स्थानीय उत्पादनको स्वाद लिन पाउँछन्।

किराँत समुदायको मौखिक ग्रन्थ ‘मुन्दुम’ मा आधारित जीवनशैली र संस्कार जोडिएकाले यस पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो। यो पदमार्ग टेम्केडाँडा (३,१६५ मिटर) बाट सुरु भई मैयुङ र साल्पापोखरी हुँदै ४,१६५ मिटर उचाइको सिलिचुङ पुगेर टुङ्गिन्छ।

पहाडै–पहाडको चुचुरामा निर्माण गरिएको यो ट्रेल पूरा गर्न नेपालीलाई करिब १० दिन र विदेशी पर्यटकलाई १३ दिन लाग्छ। वसन्त ऋतुमा हिमालको दृश्यसँगै गुराँसको आनन्द लिन चाहनेहरूका लागि यो ट्रेल उत्कृष्ट गन्तव्य बनेको मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताए।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ७ : ३५ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू