माओवादी नेता पदम राईको निधन | Khabarhub Khabarhub

माओवादी नेता पदम राईको निधन


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वभौतिक पूर्वाधार राज्यमन्त्री पदम राईको निधन भएको छ ।

केही वर्षदेखि पार्किन्सन रोगले थला परेका उनको ललितपुरमा निधन भएको हो । उनी तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र संघर्षलाई पूर्वी नेपालमा स्थापित गराउनेमध्ये एक नेता थिए ।

भोजपुरको षडानन्द नगरपालिकाको बोयाका राई शान्ति प्रक्रियापछि मन्त्री पनि भए । तर माओवादी विभाजित हुँदा उनी नेत्रविक्रम चन्दको नेकपामा लागेका थिए ।

शान्ति प्रक्रियापछि राई आवास तथा भौतिक योजना राज्यमन्त्री पनि भएका थिए । उनी २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट सभासद बनेका थिए ।

राई माओवादीनिकट किराँत राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष पनि समेत बनेका थिए । २०७४ को निर्वाचनमा तत्कालीन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईलाई चुनावी प्रचारका क्रममा आक्रमण गरेको आरोपमा उनी पक्राउ परेका थिए। त्यसबेला उनी ६० हजार धरौटीमा रिहा भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ८ : ५४ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई