भारतीय सेना प्रमुख पोखरामा, वीरता पुरस्कार विजेताहरुलाई सम्मान « Khabarhub

भारतीय सेना प्रमुख पोखरामा, वीरता पुरस्कार विजेताहरुलाई सम्मान


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी शनिबार पोखरा पुगेका छन् । पोखरामा उनले पेन्सन भुक्तानी कार्यालयको परिसरमा भेला भएका भूतपूर्व गोर्खा सैनिकलाई सम्बोधन गरेका थिए ।

भारतीय सेना प्रमुखले गोर्खा सैनिकहरुको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति समर्पित सेवालाई सम्मान गरेका छन् ।

उक्त समारोहमा उपस्थित वीरता पुरस्कार विजेता एवम् वीर नारीलाई सम्मान गर्दै उनीहरुसँग जनरल द्विवेदी र सेना पत्नी कल्याण संघ (भारतीय सेना)की अध्यक्ष सुनीता द्विवेदीले छलफल गरेका थिए ।

द्विवेदीपछि पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको भ्रमण गरी पृतनापति उपरथी सन्तोष बल्लभ पौड्याल र उनका स्टाफ अफिसरहरुसँग अन्तरक्रिया गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ९ : ३७ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध