बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु | Khabarhub Khabarhub

बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बेरुत – लेबनानको राजधानीमा भएको इजरायली हवाई आक्रमणमा शनिबार कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले क्षेत्र खाली गर्न आह्वान गरेपछि बेरुतमा आक्रमण भएको भएको थियो । इजरायलले भने हाल सम्म बेरुतमा भएको आक्रमण बारे कुनै टिप्पणी गरेको छैन ।

शनिबार बिहान यस क्षेत्रमा उद्धार कार्य चलिरहेको थियो, उद्धारकर्ताहरू भग्नावशेष हटाइ नागरिक सुरक्षामा तैनाथ थिए । घटनाको पुष्टि गर्दै लेवनानी स्वास्थ्य मन्त्रालयले ६३ जना घाइते भएको जनाएको छ । “डिएनए परीक्षणपछि मृत्युको अन्तिम सङ्ख्या निर्धारण हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

लेवनानी राष्ट्रिय समाचार एजेन्सीले इजरायली जेट विमानहरूले संरचनामा छ वटा क्षेप्यास्त्र प्रहार गरेको र नजिकैका भवनहरूमा व्यापक विनाश गरेको जनाएको छ ।

इजरायली सेनाले “धेरै हिजबुल्लाह कमान्ड सेन्टरहरूसहित सहरको दक्षिणी उपनगरहरूमा आक्रमण गरेको बताएको छ ।इजरायलले सेप्टेम्बरको अन्त्यमा इरान समर्थित समूह विरुद्ध आफ्नो अभियानलाई अगाडि बढाएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १० : १८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास