कान्छा न्यायाधीश नीतिजले दिनेछन् रविको भाग्य र भविष्यको निर्णय | Khabarhub Khabarhub

कान्छा न्यायाधीश नीतिजले दिनेछन् रविको भाग्य र भविष्यको निर्णय


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पाँचजना प्रतिवादीबारे सोमबारदेखि जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरु हुँदैछ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेसहित उनका साझेदार पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको मुद्दाको सुनुवाइका लागि न्यायाधीश नीतिज राईको इजलासमा पेसी तोकिएको छ ।

यस प्रकरणमा सुनुवाइको जिम्मा पाएका राई देशकै कान्छा न्यायाधीश पनि हुन् । २०४७ सालमा जन्मिएका न्यायाधीश राईले पहिले मिसिल अध्ययन गरिसकेर बयान प्रक्रिया अघि बढाउने भएका छन् ।

राई नेपालका बहालवाला न्यायाधीशमध्ये सबैभन्दा कान्छा न्यायाधीश हुन् । कानुनमा एलएलएम गरेका उनको न्यायाधीशको परीक्षा पास गरिसकेपछि पहिलो पोस्टिङ नै कास्कीमा भएको थियो ।

लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका उनीसहित आठजनालाई न्याय परिषद्ले गत असार ८ गते जिल्ला न्यायाधीशमा सिफारिस गरेको थियो । त्यसपछि उनी साउनदेखि जिल्ला अदालत कास्कीमा कार्यरत छन् ।

जिल्ला अदालतको न्यायाधीशमा जानुअघि उनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उपसचिवका रुपमा कार्यरत थिए ।

जिल्ला न्यायाधीशका लागि गत वैशाखमा लोकसेवा आयोगले लिएको खुला प्रतिस्पर्धात्मक परीक्षामा नीतिजसहित ८ जनामातै उत्तीर्ण भएका थिए ।

४३ जिल्लाका लागि न्यायाधीशको दर्खास्त खुलाउँदा त्यसबेला २०३ जनाले आवेदन दिएका थिए । लिखित परीक्षा उत्तीर्ण गर्ने नीतिजसहित ८ जना मात्रै थिए ।

असारमा न्यायाधीशमा सिफारिस भएका उनी साउनदेखि कास्की अदालतमा हाजिर भएका थिए । न्यायाधीश राईका लागि करिअरको सुरुवातमै पूर्वगृहमन्त्रीसमेत मुछिएको मुद्दाको छिनोफानो गर्नुपर्ने जिम्मेवारी आइलागेको छ ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको थियो ।

न्यायाधीश राईले मिसिल पढिसकेपछि बयान गराएर थुनछेक बहस थाल्ने तयारी छ । न्यायाधीश राईले थुनछेक बहस सकेपछि पूर्वगृहमन्त्रीसहितका प्रतिवादीको भाग्य र भविष्य निर्धारण गर्ने आदेश दिनेछन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १ : ४७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले