रविको संकट बढ्दै जाँदा डाकियो रास्वपा बैठक, नेताहरू पोखराबाट काठमाडौंतिर « Khabarhub

रविको संकट बढ्दै जाँदा डाकियो रास्वपा बैठक, नेताहरू पोखराबाट काठमाडौंतिर


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सोमबार अपरान्ह बस्दै छ । अपरान्ह ४ बजे सचिवालय बैठक बस्न लागेको रास्वपा उपसाभापति डोलप्रसाद अर्याल (डीपी)ले बताए ।

यस बैठकमा आइतबार सभापति रवि लामिछानेविरुद्ध करोडौं बिगो दाबीसहित रिट भएको मुद्दाको विषयमा छलफल हुने छ ।

गत कात्तिक २ लामिछाने पक्राउ परेपछि अहिलेसम्म रास्वपाले कार्यवहाक सभापति पनि बनाउन सकेको छैन ।

यस्तै संसदीय दलको बैठक पनि बस्न सकेको छैन । संसदीय दलको नेता लामिछाने नै भएकाले रास्वपाले कसलाई बनाउने निर्णय गर्ने सकेको छैन । यस बैठकमा यसै विषयमा छलफल हुने बताइएको छ ।

सचिवालय बैठकका लागि रास्वपा उपसभापति अर्याल अहिले पोखराबाट काठमाडौं आउन लागेका छन् ।

यस्तै अर्का उपसभापति स्वर्णिम वाग्ले वीरगञ्जमा छन् । उनी पनि काठमाडौं आउन सक्ने बताइएको छ ।

यस्तै, रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र सांसद शिशिर खनाल पोखराबाट काठमाडौंमा आउन लागेका छन् । आइतबार पोखरा पुगेर सभापति लामिछानेसँग उनीहरूले छलफल गरेका थिए ।

रास्वपाको विधानमा कार्यवहाक सभापति उपसभापतिमध्ये जेष्ठताका आधारमा दिने भनिएको छ ।

यसरी हेर्दा स्वर्णिम वाग्ले डीपी भन्दा सिनियर हुन् । स्रोतका अनुसार तर उनले कात्तिक ९ गते बसेको ससचवालय बैठकमा आफू कार्यवहाक सभापति हुने इच्छा जाहेर गरेका थिएनन् ।

यस्तै, संसदीय दलको नेता विधानअनुसार विराजभक्त श्रेष्ठले पाउन सक्नेछन् ।

रविविरुद्ध तीनवटा मुद्दामा रिट दर्ता भएपछि सांसद पद निमल्बन हुने पत्र जिल्ला प्रहरी कार्यालय कास्कीले ससंद् सचिवालयलाई लेखेको थियो ।

त्यसलाई रास्वपाले प्रतिशोध साँधेको आरोप लगाइरहेको छ । संसद् सचिवालयलाई पत्र लेख्ने कामलाई हतारको निर्णय गरेको भन्दै रास्वपा नेताहरूले विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  २ : ०१ बजे

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं– सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा

बीपीकै नाममा रोपियो कांग्रेसमा फुटको बिउ : गगनलाई गाली गर्दै इतर पक्षीय नेताहरूले उठाए नयाँ पार्टीको बहस

काठमाडौं- जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसभित्रको आन्तरिक

राजस्व कार्यालय जनकपुर : छ अर्ब छ करोड ७८ लाख राजस्व संकलन

जनकपुरधाम– बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम,

भारतमा निर्माणाधीन सुरुङमा मिथेन ग्यास विस्फोट, २० जनाको मृत्यु

एजेन्सी-उत्तरपूर्वी भारतमा निर्माणाधीन सुरुङभित्र मिथेन ग्यास चुहावटपछि भएको विस्फोटमा परी

वर्षा रोकिएपछि यस्तो देखियो काठमाडौं (तस्बिर)

काठमाडौं– नेपालमा अहिले मनसुनी वायुको प्रभाव छ । यसकै कारण काठमाडौं