रविको संकट बढ्दै जाँदा डाकियो रास्वपा बैठक, नेताहरू पोखराबाट काठमाडौंतिर « Khabarhub

रविको संकट बढ्दै जाँदा डाकियो रास्वपा बैठक, नेताहरू पोखराबाट काठमाडौंतिर


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सोमबार अपरान्ह बस्दै छ । अपरान्ह ४ बजे सचिवालय बैठक बस्न लागेको रास्वपा उपसाभापति डोलप्रसाद अर्याल (डीपी)ले बताए ।

यस बैठकमा आइतबार सभापति रवि लामिछानेविरुद्ध करोडौं बिगो दाबीसहित रिट भएको मुद्दाको विषयमा छलफल हुने छ ।

गत कात्तिक २ लामिछाने पक्राउ परेपछि अहिलेसम्म रास्वपाले कार्यवहाक सभापति पनि बनाउन सकेको छैन ।

यस्तै संसदीय दलको बैठक पनि बस्न सकेको छैन । संसदीय दलको नेता लामिछाने नै भएकाले रास्वपाले कसलाई बनाउने निर्णय गर्ने सकेको छैन । यस बैठकमा यसै विषयमा छलफल हुने बताइएको छ ।

सचिवालय बैठकका लागि रास्वपा उपसभापति अर्याल अहिले पोखराबाट काठमाडौं आउन लागेका छन् ।

यस्तै अर्का उपसभापति स्वर्णिम वाग्ले वीरगञ्जमा छन् । उनी पनि काठमाडौं आउन सक्ने बताइएको छ ।

यस्तै, रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र सांसद शिशिर खनाल पोखराबाट काठमाडौंमा आउन लागेका छन् । आइतबार पोखरा पुगेर सभापति लामिछानेसँग उनीहरूले छलफल गरेका थिए ।

रास्वपाको विधानमा कार्यवहाक सभापति उपसभापतिमध्ये जेष्ठताका आधारमा दिने भनिएको छ ।

यसरी हेर्दा स्वर्णिम वाग्ले डीपी भन्दा सिनियर हुन् । स्रोतका अनुसार तर उनले कात्तिक ९ गते बसेको ससचवालय बैठकमा आफू कार्यवहाक सभापति हुने इच्छा जाहेर गरेका थिएनन् ।

यस्तै, संसदीय दलको नेता विधानअनुसार विराजभक्त श्रेष्ठले पाउन सक्नेछन् ।

रविविरुद्ध तीनवटा मुद्दामा रिट दर्ता भएपछि सांसद पद निमल्बन हुने पत्र जिल्ला प्रहरी कार्यालय कास्कीले ससंद् सचिवालयलाई लेखेको थियो ।

त्यसलाई रास्वपाले प्रतिशोध साँधेको आरोप लगाइरहेको छ । संसद् सचिवालयलाई पत्र लेख्ने कामलाई हतारको निर्णय गरेको भन्दै रास्वपा नेताहरूले विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  २ : ०१ बजे

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि