सुदूरपश्चिममा रिक्त राजनीतिक नियुक्ति सहमतिमै टुंग्याइने « Khabarhub

सुदूरपश्चिममा रिक्त राजनीतिक नियुक्ति सहमतिमै टुंग्याइने


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेको सुदूरपश्चिमस्तरीय राजनीतिक संयन्त्रले रिक्त रहेका राजनीतिक नियुक्ति सहमतिका आधारमा यथाशीघ्र टुंग्याउने निर्णय गरेको छ ।

एमाले सचिवसमेत रहेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको संयन्त्रको बैठकले प्रदेशमा रिक्त रहेका राजनीतिक नियुक्ति सहमतिका आधारमा यथाशीघ्र टुंग्याउने निर्णय गरेको हो ।

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले रिक्त रहेका राजनीतिक नियुक्तिहरूमा सहमतिका आधारमा यथाशीघ्र टुंग्याएर कार्यान्वयन गर्ने निर्णय गरिएको जानकारी दिए । रावतले संसदीय अभ्यासलाई सुचारु गर्नका लागि गतिविधिहरू पनि यथाशीघ्र  अगाडि बढाउने निर्णय गरिएको बताए ।

संयन्त्रको बैठकले बाजुराको जगन्नाथ गाउँपालिका– ५ गोत्री केन्द्रबिन्दु भएर पुस ६ गते बिहान गएको भूकम्पबाट पीडितहरूलाई विपद् व्यवस्थापन समितिमार्फत  राहत तथा पुनर्स्थापना गर्ने निर्णय पनि गरेको छ ।

कांग्रेस–एमालेको प्रदेशस्तरीय संयन्त्रको पहिलो बैठकको अध्यक्षता एमाले सचिव भट्टले गरेका थिए । संयन्त्रको बैठकमा कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति वीरबहादुर बलायर, एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, कांग्रेसका प्रदेश उपसभापति लोकराज अवस्थी, मुख्यमन्त्री कमलबहादुर शाह र एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल सहभागी थिए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  २ : ०९ बजे

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडाैं – पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने