परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा « Khabarhub

परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिकाले निर्माण भएका एवं मर्मत भएका सडकहरूको गुणस्तर परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा पठाउने गरेको छ ।

उक्त परीक्षणबाट कालोपत्र गर्न प्रयोग गरिएको ‘विटुमिन’ को मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, खँदिलोपना, निर्माण सामग्रीको मिश्रण मात्राका बारेमा थाहा पाउन सकिने कामपाको भनाइ छ ।

सडकको दायाँ भाग, केन्द्र भाग र बायाँ भाग गरी विभिन्न स्थानबाट परीक्षणका लागि कटिङ गरिने कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्। कामपाको अनुगमन समितिको संयोजकसमेत रहनुभएको डङ्गोलले कोर कटिङले मर्मत भएका सडकहरूको अवस्था थाहा पाउनका लागि निकै सहयोग पुग्ने बताइन्।

पूर्वाधार सुधार गरेर काठमाडौँलाई धुलोरहित सहर बनाउने कामपाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने बहुवर्षीय योजना हो । यसका लागि हरेक वर्ष करिब रू एक अर्ब खर्च हुने अनुमान गरिएको छ ।

कामपाको भौगोलिक क्षेत्रलाई चार भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नं ६, ७, ८, ९, १०, ३१, ३२ पर्छन् । यी वडामा काम गर्न करिव ९० करोड  लागत अनुमान गरिएको थियो ।

सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार शाक्यका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत कुनै पनि ठाउँ नछोडी सबै सडक कालोपत्र हुनेछ । मर्मतसम्भार कार्यक्रम र पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत भत्किएको, भासिएको वा बिग्रिएको ठाउँलाई तत्काल मर्मत गर्ने काम हो । यसमा पनि सडक कालोपत्र गर्ने काम गरिन्छ । तर यो खण्ड खण्डमा मात्र हुन्छ ।

“सहरलाई धुलोरहित बनाउन कामपाले पूर्वाधार निर्माण गरेपछि यसको उपयोगमा स्थानीयवासीबाट पूरा गर्नुपर्ने दायित्व पनि छन्”, वडा नं ४ का अध्यक्ष दिनेश महर्जन भन्छन्, “घर, पसल वा व्यवसायको भुइँ बढारेको उत्पादन भएको धुलो सडक र नालीमा फाल्ने आचरणमा सुधार आउनुपर्छ । धुलोरहित कार्यक्रमको दिगो प्रयास यहीँबाट सुरू हुन्छ, बानीमा परिवर्तन ल्याउनुपर्छ ।”

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  २ : ३३ बजे

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडाैं – पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने