२९ अंकले बढ्यो नेप्से, कति भयो कारोबार ? « Khabarhub

२९ अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.९१ अंकले बढेको छ । नेप्से १.११ प्रतिशतले बढेर २६१२.२० बिन्दुमा पुगेको छ ।

आज नेप्से बढ्दा ४ अर्ब ४३ करोड २४ हजार रुपैयाँ बराबरको कारोबारको ८९ लाख ८ हजार ८५१ कित्ता शेयर कारोबार भएको छ ।

आज १९४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज ३२८ वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार ९३८ पटक शेयर किनबेच भएको छ ।

आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सोमबार १३ समूहमध्ये म्युचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज म्युचुअल फण्ड ४.२१ प्रतिशतले घटेर २०.३३ बिन्दुमा पुगेको छ ।

आज सबैभन्दा बढी हाइड्रोपावर समूह २.६५ प्रतिशतले बढेर ३ हजार ५१५.४२ बिन्दुमा पुगेको छ । आज सबैभन्दा कम निर्जीवन बीमा कम्पनी ०.११ प्रतिशतले बढेर १२ हजार ४२६.५८  बिन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह ०.८४ प्रशितले विकास बैंक १.१५ प्रतिशतले, फाइनान्स १.६७ प्रतिशतले, होटल तथा पर्यटन ०.४३, लगानी ०.५१ प्रतिशतले, उत्पादन तथा प्रशोधन २.४६ प्रतिशतले, लघुवित्त ०.१८ प्रतिशतले, अन्य समूह ०.६३ प्रतिशतले र ट्रेडिङ समूह ०.४६ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ३ : १७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका