सहकारी ठगी : पहिलो दिनमा सकिएन छविको बयान, रविको पालो बाँकी « Khabarhub

सहकारी ठगी : पहिलो दिनमा सकिएन छविको बयान, रविको पालो बाँकी


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न ५ वटा सहकारी संस्थाको रकम ठगी आरोपमा पक्राउ परेकाहरूको बयान सोमबारदेखि जिल्ला अदालत कास्कीमा सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित ५ जना प्रतिवादीको बयान सोमबारदेखि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको हो ।

सुरुमा न्यायाधीश राईले मिसिल पढेपछि मात्रै आरोपीहरूलाई बयानमा बोलाएका थिए । सोमबार सबैभन्दा पहिले गोर्खा मिडिया नेट्वर्कमा जीबी राई र रवि लामिछानेका साझेदार पूर्वडीआईजी छविलाल जोशीको बयान भएको थियो ।

तर सोमबार उनको बयान नसकिएपछि अर्को दिन निरन्तर हुने गरी इजलास रोकिएको छ। छविको बयान सकिएपछि मात्रै रविको बयान अघि बढ्नेछ ।

त्यससँगै लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको पनि बयान थालिनेछ । मिसिल अध्ययनपछि बयान सुरु भए पनि पहिलो दिन छविको पनि नसकिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका कसुरमा मुद्दा दर्ता भएको छ ।

यस प्रकरणमा जीबी राईसहितका व्यक्ति संलग्न विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा चलेको छ। सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरतर्फ रवि लामिछाने, निकिता पौडेल र छविलाल जोशीसहित ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने माग अदालतसमक्ष गरेको  छ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ५ : ४३ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र