सहकारी ठगी : पहिलो दिनमा सकिएन छविको बयान, रविको पालो बाँकी « Khabarhub

सहकारी ठगी : पहिलो दिनमा सकिएन छविको बयान, रविको पालो बाँकी


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न ५ वटा सहकारी संस्थाको रकम ठगी आरोपमा पक्राउ परेकाहरूको बयान सोमबारदेखि जिल्ला अदालत कास्कीमा सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित ५ जना प्रतिवादीको बयान सोमबारदेखि कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको हो ।

सुरुमा न्यायाधीश राईले मिसिल पढेपछि मात्रै आरोपीहरूलाई बयानमा बोलाएका थिए । सोमबार सबैभन्दा पहिले गोर्खा मिडिया नेट्वर्कमा जीबी राई र रवि लामिछानेका साझेदार पूर्वडीआईजी छविलाल जोशीको बयान भएको थियो ।

तर सोमबार उनको बयान नसकिएपछि अर्को दिन निरन्तर हुने गरी इजलास रोकिएको छ। छविको बयान सकिएपछि मात्रै रविको बयान अघि बढ्नेछ ।

त्यससँगै लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको पनि बयान थालिनेछ । मिसिल अध्ययनपछि बयान सुरु भए पनि पहिलो दिन छविको पनि नसकिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका कसुरमा मुद्दा दर्ता भएको छ ।

यस प्रकरणमा जीबी राईसहितका व्यक्ति संलग्न विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा चलेको छ। सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरतर्फ रवि लामिछाने, निकिता पौडेल र छविलाल जोशीसहित ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने माग अदालतसमक्ष गरेको  छ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ५ : ४३ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६