अर्थसंक्षेप : २९ अंकले बढ्यो नेप्से, रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादन सुरु « Khabarhub

अर्थसंक्षेप : २९ अंकले बढ्यो नेप्से, रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादन सुरु


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेप्से २९ अंकले बढ्यो । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरको परीक्षण उत्पादन सफल भएको छ । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सांसदहरूले सुपारी खेती प्रवर्द्धनमार्फत निकासा बढाउन आवश्यक रहेकामा जोड दिएका छन् ।

आजका आर्थिक समाचार :

२९ अंकले बढ्यो नेप्से

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.९१ अंकले बढेको छ । नेप्से १.११ प्रतिशतले बढेर २६१२.२० बिन्दुमा पुगेको छ । आज नेप्से बढ्दा ४ अर्ब ४३ करोड २४ हजार रुपैयाँ बराबरको कारोबारको ८९ लाख ८ हजार ८५१ कित्ता शेयर कारोबार भएको छ ।

आज १९४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । आज ३२८ वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार ९३८ पटक शेयर किनबेच भएको छ । आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरको परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर १ र २ को तातोपानीस्थित भोटेकोशीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ ।

उक्त विद्युत् गृहमा जडित ३३/३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादन हुने जनाइएको छ । हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए । तीनवटै युनिट चालु गराइसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उनको भनाइ छ ।

सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सिरहा भन्सारबाट लक्षभन्दा बढी राजस्व संकलन

सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो अवधिमा कार्यालयले पाँच करोड पाँच लाख ४० हजार राजस्व संकलन गरेको छ ।

प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाका अनुसार कार्यालयले पाँच महिनामा चार करोड ८८ लाख ५२ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ४१ दशमलव ६७ प्रतिशत राजस्व संकलन गरेको हो ।

मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान

म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् ।

केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने यहाँका स्थानीय अहिले व्यावसायिक रूपमा तरकारी र फलफूल खेतीमा आकर्षित भएका हुन् । बेँसी जडीबुटी तथा कृषि समूह गठन गरेर हिउँदे र बर्खे ‘सिजन’मा व्यावसायिक रूपमा तरकारीखेती गर्न थालेका छन् ।

कृषि उपजको आयात घटाउनाका साथै उत्पादित कृषि उपज बिक्री गरेर आयआर्जन गर्न र आत्मनिर्भर बन्न व्यावसायिक तरकारीखेतीले सहयोग पुगेको स्थानीय कृषक अमर पुनले बताए। दुई वर्षदेखि टनेलमा गोलभेँडा खेती गरेका पुनले उत्पादन भएको कृषि उपज बिक्री गर्न समस्या नभएको बताए।

सुपारी निकासी प्रवर्द्धनमा जोड

सांसदहरूले सुपारी खेती प्रवर्द्धनमार्फत निकासा बढाउन आवश्यक रहेकामा जोड दिएका छन् । सोमबार राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापनसम्बन्धी छलफलका क्रममा उनीहरूले सुपारी निकासा बढाउन उत्पादन पनि वृद्धि हुनुपर्नेमा जोड दिएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राजस्वले गुट्काबाट १० अर्बको राजस्व संकलन भएको उल्लेख गर्दै सुपारीबाट पनि राजस्व बढाउन सक्ने धारणा राखे ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ६ : १३ बजे

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड

गोरु पाल्ने किसानलाई प्रोत्साहन

गण्डकी– पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड