अज्ञात समूहले टावरमा क्षति पुर्‍याउँदा हुम्लामा सेवा अवरुद्ध « Khabarhub

अज्ञात समूहले टावरमा क्षति पुर्‍याउँदा हुम्लामा सेवा अवरुद्ध


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लामा रहेको नेपाल टेलिकमको बीटीएस टावरमा अज्ञात समूहले अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्‍याउँदा सेवा अवरुद्ध भएको छ ।

यस्ता कार्यबाट प्रवाह गर्दै आएको सेवाहरू अवरुद्ध हुन पुगेकोमा टेलिकमले दुःख व्यक्त गर्दै यस्ता कार्य नगर्न आग्रह गरेको छ ।

टेलिकमले सर्केगाड गाउँपालिका-०५ स्थित बरै माइक्रो वी.टी.एसमा पौष ४ गते सोलार प्यानल, भीएसएटीका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न जनएकाे छ ।

सार्वजनिक महत्वका सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरू नगर्न टेलिकमको आग्रह छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ३२ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम