टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला « Khabarhub

टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल – इस्तानबुलको उत्तरपूर्वमा टर्कीको कृष्ण सागरको तटमा तैरिरहेको समुद्री माइन फेला परेको राज्य समाचार एजेन्सी एनाडोलुले जनाएको छ । उक्त विस्फोटक उपकरणलाई सोमबार नष्ट गरिने बताइएको छ ।

बोस्फोरस स्ट्रेट कृष्ण सागरमा प्रवेश गर्ने विन्दुबाट करिब ५० किलोमिटर पूर्वमा आग्वाको तटमा आइतबार यो उपकरण फेला परेको थियो । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेदेखि युद्धरत दुवै पक्षले आफ्नो तटीय क्षेत्र सुरक्षित गर्न माइनहरू तैनाथ गरेका छन् तर ती प्रायः आँधीका कारण विस्थापित भएका छन् ।

व्यापारिक र सैन्य ढुवानी दुवैका लागि खतरालाई ध्यानमा राख्दै समुद्रको सिमानामा रहेका नाटो सदस्य टर्की, बुल्गारिया र रोमानियाले माइन निष्क्रिय गर्ने कार्यको निरीक्षण गर्न माइन काउन्टरमेजर्स नेभल ग्रुप (एमसिएम ब्ल्याक सी) स्थापना गरेका छन् । यसले जुलाई १ देखि काम सुरु गरेको थियो ।

रोमानियाको रक्षा मन्त्रालयले यस महिना युद्ध सुरु भएदेखि कूल एक सय सात वटा तैरिरहेका माइन फेला परेको र नष्ट गरिएको बताएको छ । गत महिना टर्कीका भाइस–एडमिरल मुस्तफा कयाले पत्रकारहरूलाई बताएअनुसार कृष्ण सागरमा हालै चार सयभन्दा बढी माइन बिछ्याइएका थिए । तीमध्ये केही बगेर गएका छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ८ : ५२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।