सरकार गरिब जनतालाई सम्पन्न बनाउन लागेको छ : मन्त्री खड्का « Khabarhub

सरकार गरिब जनतालाई सम्पन्न बनाउन लागेको छ : मन्त्री खड्का


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पाँच महिनामा साढे नौ सय मेगावाट बिजुली बेचिएको बताएका छन् ।

उनले विगतका वर्षमा वार्षिक रु १८ अर्बसम्मको बिजुली भारतबाट किन्दै आएकामा पछिल्लो पाँच महिनामा बिक्री गरिएको साढे नौ सय मेगावाट बिजुलीले व्यापार घाटा समानान्तर भएको दाबी गरे ।

आज सदरमुकाम खाँदबारीमा आयोजित नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती तथा पार्टीको १०० दिने विशेष साङ्गठनिक अभियान कार्यक्रममा मन्त्री खड्काले देशमा गरिबीको रेखामुनि रहेका ८ देखि २० प्रतिशत जनताले हरेक आयोजनाबाट जलविद्युत्को शेयर पाउनुपर्ने बताए ।

उनले विपन्नका लागि आयोजना वा सरकारले कम्तीमा दुई लाखको शेयर आयोजना धितो राखेर मालिक बनाउनुपर्ने र यसका लागि छलफल प्रारम्भ भएको बताए ।

मन्त्री खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताए । ऊर्जा विकासमार्फत स्थानीय जनतालाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य रहेको बताए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १० : २३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा