सरकार गरिब जनतालाई सम्पन्न बनाउन लागेको छ : मन्त्री खड्का « Khabarhub

सरकार गरिब जनतालाई सम्पन्न बनाउन लागेको छ : मन्त्री खड्का


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पाँच महिनामा साढे नौ सय मेगावाट बिजुली बेचिएको बताएका छन् ।

उनले विगतका वर्षमा वार्षिक रु १८ अर्बसम्मको बिजुली भारतबाट किन्दै आएकामा पछिल्लो पाँच महिनामा बिक्री गरिएको साढे नौ सय मेगावाट बिजुलीले व्यापार घाटा समानान्तर भएको दाबी गरे ।

आज सदरमुकाम खाँदबारीमा आयोजित नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती तथा पार्टीको १०० दिने विशेष साङ्गठनिक अभियान कार्यक्रममा मन्त्री खड्काले देशमा गरिबीको रेखामुनि रहेका ८ देखि २० प्रतिशत जनताले हरेक आयोजनाबाट जलविद्युत्को शेयर पाउनुपर्ने बताए ।

उनले विपन्नका लागि आयोजना वा सरकारले कम्तीमा दुई लाखको शेयर आयोजना धितो राखेर मालिक बनाउनुपर्ने र यसका लागि छलफल प्रारम्भ भएको बताए ।

मन्त्री खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताए । ऊर्जा विकासमार्फत स्थानीय जनतालाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य रहेको बताए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १० : २३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि