पाकिस्तानले हवाई आक्रमण गर्दा अफगानिस्तानमा ४६ जनाको मृत्यु : तालिवान सरकार | Khabarhub Khabarhub

पाकिस्तानले हवाई आक्रमण गर्दा अफगानिस्तानमा ४६ जनाको मृत्यु : तालिवान सरकार


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तानको तालिवान सरकारले पाकिस्तानी हवाई आक्रमणमा पाक्टिकाको बर्मल जिल्लाका ४६ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये अधिकांश महिला र बालबालिका थिए ।

बर्माल जिल्ला दक्षिण वजिरिस्तानको वाना र रज्माक क्षेत्रहरू नजिक छ । तालिबान अधिकारीहरूका अनुसार आक्रमणले वजिरिस्तानका शरणार्थीहरूलाई लक्षित गरेको थियो।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले समाचार एजेन्सी एएफपीलाई पाक्टिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाइएको बताए । तालिबान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रातले पनि मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको बताए । धेरै घर ध्वस्त भएको उनले बताए ।

तालिबान सरकारको रक्षा मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उक्त हमलाको निन्दा गर्दै यसलाई बर्बर भनिएको छ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १० : ३७ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना