पाकिस्तानले हवाई आक्रमण गर्दा अफगानिस्तानमा ४६ जनाको मृत्यु : तालिवान सरकार « Khabarhub

पाकिस्तानले हवाई आक्रमण गर्दा अफगानिस्तानमा ४६ जनाको मृत्यु : तालिवान सरकार


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तानको तालिवान सरकारले पाकिस्तानी हवाई आक्रमणमा पाक्टिकाको बर्मल जिल्लाका ४६ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये अधिकांश महिला र बालबालिका थिए ।

बर्माल जिल्ला दक्षिण वजिरिस्तानको वाना र रज्माक क्षेत्रहरू नजिक छ । तालिबान अधिकारीहरूका अनुसार आक्रमणले वजिरिस्तानका शरणार्थीहरूलाई लक्षित गरेको थियो।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले समाचार एजेन्सी एएफपीलाई पाक्टिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाइएको बताए । तालिबान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रातले पनि मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको बताए । धेरै घर ध्वस्त भएको उनले बताए ।

तालिबान सरकारको रक्षा मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उक्त हमलाको निन्दा गर्दै यसलाई बर्बर भनिएको छ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १० : ३७ बजे

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६