सेती लोकमार्ग चाँडो सक्न बर्दगोरिया महोत्सव सुरु « Khabarhub

सेती लोकमार्ग चाँडो सक्न बर्दगोरिया महोत्सव सुरु


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको बौनियामा आजबाट बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव सुरु भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज उद्घाटन गरे ।

‘कृषि, व्यापार, संस्कृति र बर्दगोरिया पर्यटकीय धामको विकासः निर्माणाधीन सेती लोकमार्गको निकास’ भन्ने मूल नाराका साथ बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा महोत्सव सुरु भएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यस लोकमार्गको निर्माणका लागि दबाब स्वरूप यहाँ विगतका वर्षदेखि नै महोत्सवको आयोजना गरिँदै आएको छ । सोही अनुरूप यसवर्ष पनि महोत्सवलाई निरन्तरता दिइएको बजार व्यवस्थापन समितिका अध्यक्ष देवराजसिंह स्वारले जानकारी दिए ।

महोत्सवको आज उद्घाटन समारोहमा मुख्यमन्त्री शाहले लोकमार्ग निर्माणको काम सङ्घीय सरकारले अगाडि बढाएअनुरूप भइरहेको बताए । उनले भने, ‘सङ्घीय सरकारले लोकमार्गको अवधारणालाई अगाडि बढाउँदा तीन खण्डमा बजेट विनियोजन भयो । कैलालीको जानकी गाउँपालिकास्थित दुगौलीबाट टेण्डर भई प्रक्रिया अगाडि बढेको छ । काम भइरहेको छ तर सीमित स्रोतसाधनका कारण चाहेअनुसार उपलब्धि हुन सकेको छैन ।’

मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई चीनसँग जोड्न ताक्लाकोट सीमानाका र सेती लोकमार्ग निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि आफूले पहल गरिरहेको बताए । ‘तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण जानुअघि र केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सोही माग गर्दै पत्र हस्तान्तरण गरेको थिए । प्रदेश सरकार यस विषयमा गम्भीर छ’, उनले भने ।

आयोजकले सेती लोकमार्ग निर्माण, बौनिया बजारको ढल निकासलगायत माग राख्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । कार्यक्रममा महोत्सव सुरुवात गर्ने बर्दगोरीया गाउँपालिका अध्यक्ष कर्ण कुँवर, पत्रकार लगायतलाई सम्मान गरिएको थियो ।

उद्घाटन समारोहमा लम्किचुहा नगरपालिका प्रमुख सुशीला शाही, मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय, कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव ओम विष्टलगायतको उपस्थित थिए । महोत्सव आगामी १८ गतेसम्म सञ्चालन हुनेछ । रासस

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ११ : ०१ बजे

विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम

आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल फागुन ३ गते आइतबार फागुन

आज २०८२ साल फागुन ३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३ गते आइतबार फागुन