गुरुङ समुदायले ‘तमू ल्होसार’ साताभर मनाउने « Khabarhub

गुरुङ समुदायले ‘तमू ल्होसार’ साताभर मनाउने


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुरुङ समुदायले तमू ल्होसार सप्ताहव्यापी रूपमा मनाउने भएका छन् । गुरुङ समुदायले यसवर्ष गरुड वर्गको बिदाई तथा सर्प वर्गको स्वागत गरी ल्होसार मनाउन लागेका हुन् ।

तमू ल्होसार मूल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी नयाँ वर्षका रूपमा मनाइने ल्होसार विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाउन लागिएको जानकारी दिएको हो ।

तमू थातथलोको संरक्षण र सम्वर्द्धनका लागि मौलिक पहिचानको आह्वान, सरकारी कामकाजी भाषाका रूपमा तमू भाषा घोषणाका लागि तमूवान आन्दोलन’ भन्ने मूल नाराका साथ आजदेखि १५ गतेसम्म ल्होसार मनाउन लागिएको समितिका महासचिव रामबहादुर गुरुङले जानकारी दिए ।

तमु ल्होसार पर्व विशेष गरी पुस १५ गते गुरुङ समुदायले एकआपसमा भेटघाट, शुभकामना आदानप्रदान, घरमा पूजा, सांस्कृतिक विधिसहित मनाउने परम्परा रहेको उनले बताए ।

एक हप्तासम्म शुभकामना आदानप्रदान, चियापान, पुस्तक विमोचन तथा स्रष्टा सम्मान, खेलकुद कार्यक्रम, लोकदोहोरी प्रतियोगिता, रक्तदान, झाँकी कार्यक्रम, सांस्कृतिक कार्यक्रम र सरकारका विशिष्ट अतिथिको आतिथ्यतामा औपचारिक समारोह आयोजना गरिने महासचिव गुरुङले जानकारी दिए । रासस

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १० : ४० बजे

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको