भोजपुरको चखेवामा सांस्कृतिक तथा पर्यटन कृषि मेला हुने | Khabarhub Khabarhub

भोजपुरको चखेवामा सांस्कृतिक तथा पर्यटन कृषि मेला हुने


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पर्यटकीय क्षेत्र चखेवा डाँडामा आगामी माघ १ गतेदेखि सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना हुने भएको छ ।

गाउँपालिकाले पत्रकार सम्मेलन आयाजना गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा माघ एक गतेदेखि पाँच गतेसम्म टेम्केमैयुङ गाउँपालिका–४ नागीको चखेवामा बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना गरिने जानकारी दिएको हो ।

‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ लाई लक्षित गर्दै मेला आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

सरकारको एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको मुन्दुम पदमार्ग एक भएकाले सो मार्गको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न, स्थानीय कृषिउपजको प्रयोग बढाउन र स्थानीयको आयस्तर वृद्धि गर्न मेला सहयोगी बन्ने उनले विश्वास व्यक्त गरे ।

स्थानीयस्तरका कृषि उत्पादनहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हुने मेलामा कृषि प्रदर्शनीका साथै स्थानीय तथा राष्ट्रियस्तरका कलाकारले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती दिनुहुने टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णबहादुर राईले बताए ।

बृहत् मेलामा मुन्दुम पदमार्गको प्रवर्द्धन र दिगो विकासका लागि साझा अवधारणापत्र सार्वजनिक गर्नुका साथै उक्त अवधारणापत्रमा हस्ताक्षरसमेत गरिने गाउँपालिकाले जनाएको छ ।

एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ गाउँपालिकाले भ्रमण वर्ष र सांस्कृतिक तथा कृषि मेला आयोजना गरी विभिन्न कार्यक्रमहरू तय गरेको हो ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ४७ बजे

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार