२७ भन्दा बढी सडकलाई बहुवर्षीय ठेक्का स्रोत सहमति, कुनलाई कति बजेट (सूचीसहित) « Khabarhub

२७ भन्दा बढी सडकलाई बहुवर्षीय ठेक्का स्रोत सहमति, कुनलाई कति बजेट (सूचीसहित)


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा विनियोजितभन्दा दोब्बरसम्म रकम बढाउँदै विभिन्न आयोजनामा बहुवर्षीय ठेक्काको स्रोत सहमति दिएको छ ।

मङ्सिर २८ गते बसेको राष्ट्रिय योजना आयोगको साप्ताहिक बैठकले सडक र पुल गरी १९ आयोजनामा बहुवर्षीय ठेक्काको स्रोत सहमति निम्ति अर्थ मन्त्रालयमा सिफारिस गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको हालसम्म पठाएका आयोजनालाई बहुवर्षीय ठेक्का स्रोत सहमति प्रदान गरिएको आयोगले जनाएको छ । आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हुन् ।

आयोगका अनुसार; मन्त्रालयले विभिन्न आयोजनाहरूको स्रोत सहमतिका लागि पत्र पठाएको थियो । सोहीअनुसार आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१ को दफा ३ को उपदफा (२) अनुसार बहुवर्षीय ठेक्काको स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा आयोगले सिफारिस गरिदिएको हो ।

आयोगले मदन भण्डारी राजमार्गका पाँच सडक खण्डलाई बहुवर्षीय ठेक्का स्रोत सहमति दिएको छ । गुल्मीको रिडी–भेडुवा–तम्घास (१४.६८ किमि), सल्यानको शीतलपाटी–खलङ्गा–बालुवासङ्ग्रही (२१.०५ किमि), सुनसरीको झण्डा–सर्दुखोला (७.५९ किमि), प्यूठानको रिडी–बालकोट–हंसपुर (२०.४३ किमि) र बडीचौर–गुटु–कर्णाली (चेनेज निर्माण)का कामलाई बहुवर्षीय स्रोत स्वीकृति दिएको छ ।

यसैगरी हुलाकी राजमार्गका पुलसमेत, कान्ति राजमार्ग अन्तर्गत चेनेजको कालोपत्रेस्तरमा स्तरोन्नती, कालीगण्डकी करिडोरको फलेवास–अर्मादी सडक खण्ड स्तरोन्नती, बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडक कालोपत्रे तथा स्तरोन्नती, तमोर करिडोरको चेनेज निर्माण स्तरोन्नती, खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ स्तरोन्नती र राप्ती लोकमार्गको हर्नेटी–राम्री खण्ड स्तरोन्नती गर्न पनि बहुवर्षीय ठेक्का लगाउनेगरी स्रोत सहमति दिइएको छ ।

शहीद मार्गअन्तर्गत काँक्री–तकसेरा, घर्तीगाउँ–दुईखोली, थवाङ–महत र सेती राजमार्गको टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक स्तरोन्नती गर्न पनि आयोगले बहुवर्षीय ठेक्का स्रोत सहमति दिएको छ ।

सालझण्डी–सन्धीखर्क–ढोरपाटन सडक आयोजनाका विभिन्न तीन खण्ड र हिल्सा सिमीकोट (तुमकोट–इलिङ, हेप्का सिमीकोट खण्ड), कर्णाली करिडोरको खुलालु–सलिसल्ला तथा रणनीतिक सडकका विभिन्न पुल निर्माण पनि यही बहुवर्षीय ठेक्का अन्तर्गत अघि बढाउने सरकारी तयारी छ ।

आयोगले रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षण कार्यक्रम अन्तर्गत १०० भन्दा बढी पुल बनाउने काम पनि बहुवर्षीय ठेक्कामै अघि बढाउन सहमति दिएको हो ।

बहुवर्षीय ठेक्का स्रोत सहमति पाएका सडक आयोजनाहरूः

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ०४ बजे

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।