मानिसको शरीरमा किन आउँछ मुसा ? | Khabarhub Khabarhub

मानिसको शरीरमा किन आउँछ मुसा ?


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- शरीरमा आउने मुसालाई अंग्रेजीमा वाट्स भनिन्छ । मुसा ह्युमन पेपिलोमा भन्ने भाइरसबाट हुने खटिरा वा बिमिरा हो ।

कतिपयको त अनुहारमा पनि मुसा देखिने गर्छ । अनुहारमा आउने मुसालाई भेरुका प्लाना भनिन्छ । यो मुसा ससाना खैरो रङ्गका हुने गर्दछन्  ।

मुसा आउनुलाई अंग्रेजीमा वाट्स अथवा भेरुका भल्गारिस पनि भनिन्छ । यसका सयौँ प्रजातिका कारणले शरीरको विभिन्न ठाउँमा मुसा आउने गर्दछ । सामान्यतया हात, खुट्टा वा गर्धनमा मुसा देखा पर्दछ ।

सामान्य प्रकारका मुसा हात वा खुट्टाको माथिल्लो भाग तथा औँलाहरूमा आउने गर्दछ । हेर्दा नराम्रो देखिने यस प्रकारको मुसाले अन्य कुनै स्वास्थ्य समस्या भने दिँदैन ।

मुसा कुनै दुख्ने र कुनै नदुख्ने हुन्छ । पैतालामा वा हत्केलामा वा हिँड्ने बेलामा पैतालामा वा हात चलाउँदा हत्केलामा दुखाइ हुने गर्दछ ।

मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ कि सर्दैन ?
चिकित्सकका अनुसार मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । मुसा कोट्याई रहने, चलाएपछि हात नधोई अन्य अंगमा छोएमा मुसा सर्ने गर्दछ ।

साना वा हातखुट्टामा आउने मुसा केही समयपछि आफैँ निको हुने गर्दछ । तर, पैताला वा हत्केलामा आएको वा यौनाङ्गमा आउने र अनुहारमा आउने मुसाहरू भने आफैँ निको हुँदैनन् ।

यस्ता मुसा सरुवा रोगका कारणले हुने गर्दछ । असुरक्षित यौन सम्पर्कको कारणले पनि यस्तो मुसा आउने गर्दछ । घाउ हुनेसँग असुरक्षित सम्पर्क भएपछि यौनाङ्गमा मुसा सर्ने गर्दछ ।

असुरक्षित सम्पर्कको असर २ सातादेखि एक वर्षको अवधिभित्र देखा पर्न सक्छ । यस्ता प्रकारका मुसाले गुदद्वारको क्यान्सर समेत गराउन सक्छ ।

यसरी हटाउनु होस् मुसा
पछिल्लो समय पार्लरमा गएर पनि मुसा हटाउने गरेको पाइन्छ । कतिले घरमै मुसा हटाउने गरेको पाइन्छ ।

यसरी मुसा हटाउनु हानिकारक मानिन्छ । यसलाई हटाउन घरेलु विधि प्रयोग गर्दा जटिल समस्या निम्तिन सक्ने चिकित्सकहरू बताउँछन् ।

मुसा चलाएपछि हात राम्रोसँग धुने, हात वा औँला चुस्ने वा नङ नटोक्ने, सार्वजनिक स्थलमा प्रयोग गरिने तौलिया वा रुमाल प्रयोग नगर्ने, मुसाको मात्रा र प्रकार हेरेर तत्काल चिकित्सकसँग परामर्श लिनु नै उत्तम हुन्छ । अन्यथा पछि समस्या पर्न सक्छ ।

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : १२ बजे

संघीय निजामती कानून यसै अधिवेशनबाट पारित गर्ने लक्ष्य 

काठमाडौं– सरकारले संघीय निजामती कानून यसै अधिवेशनबाट पारित गरी कार्यान्वयन

बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई १ अर्ब ५० करोड विनियोजन

काठमाडौं– सरकारले बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई १ अर्ब ५० करोड विनियोजन

सहकारी ठगी छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन

काठमाडौं- सहकारी ठगी प्रकरण छानबिनका लागि सरकारले संसदीय समिति गठन

शान्ति कोष स्थापनाका लागि १ अर्ब विनियोजन

काठमाडौं– सरकारले शान्ति कोष स्थापना गर्न आगामी आर्थिक वर्ष २०८१-०८२

आगामी बजेटमा बजेटरी सुधारको संकेत देखिएन : कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा बजेटरी