मानिसको शरीरमा किन आउँछ मुसा ? « Khabarhub

मानिसको शरीरमा किन आउँछ मुसा ?


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- शरीरमा आउने मुसालाई अंग्रेजीमा वाट्स भनिन्छ । मुसा ह्युमन पेपिलोमा भन्ने भाइरसबाट हुने खटिरा वा बिमिरा हो ।

कतिपयको त अनुहारमा पनि मुसा देखिने गर्छ । अनुहारमा आउने मुसालाई भेरुका प्लाना भनिन्छ । यो मुसा ससाना खैरो रङ्गका हुने गर्दछन्  ।

मुसा आउनुलाई अंग्रेजीमा वाट्स अथवा भेरुका भल्गारिस पनि भनिन्छ । यसका सयौँ प्रजातिका कारणले शरीरको विभिन्न ठाउँमा मुसा आउने गर्दछ । सामान्यतया हात, खुट्टा वा गर्धनमा मुसा देखा पर्दछ ।

सामान्य प्रकारका मुसा हात वा खुट्टाको माथिल्लो भाग तथा औँलाहरूमा आउने गर्दछ । हेर्दा नराम्रो देखिने यस प्रकारको मुसाले अन्य कुनै स्वास्थ्य समस्या भने दिँदैन ।

मुसा कुनै दुख्ने र कुनै नदुख्ने हुन्छ । पैतालामा वा हत्केलामा वा हिँड्ने बेलामा पैतालामा वा हात चलाउँदा हत्केलामा दुखाइ हुने गर्दछ ।

मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ कि सर्दैन ?
चिकित्सकका अनुसार मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । मुसा कोट्याई रहने, चलाएपछि हात नधोई अन्य अंगमा छोएमा मुसा सर्ने गर्दछ ।

साना वा हातखुट्टामा आउने मुसा केही समयपछि आफैँ निको हुने गर्दछ । तर, पैताला वा हत्केलामा आएको वा यौनाङ्गमा आउने र अनुहारमा आउने मुसाहरू भने आफैँ निको हुँदैनन् ।

यस्ता मुसा सरुवा रोगका कारणले हुने गर्दछ । असुरक्षित यौन सम्पर्कको कारणले पनि यस्तो मुसा आउने गर्दछ । घाउ हुनेसँग असुरक्षित सम्पर्क भएपछि यौनाङ्गमा मुसा सर्ने गर्दछ ।

असुरक्षित सम्पर्कको असर २ सातादेखि एक वर्षको अवधिभित्र देखा पर्न सक्छ । यस्ता प्रकारका मुसाले गुदद्वारको क्यान्सर समेत गराउन सक्छ ।

यसरी हटाउनु होस् मुसा
पछिल्लो समय पार्लरमा गएर पनि मुसा हटाउने गरेको पाइन्छ । कतिले घरमै मुसा हटाउने गरेको पाइन्छ ।

यसरी मुसा हटाउनु हानिकारक मानिन्छ । यसलाई हटाउन घरेलु विधि प्रयोग गर्दा जटिल समस्या निम्तिन सक्ने चिकित्सकहरू बताउँछन् ।

मुसा चलाएपछि हात राम्रोसँग धुने, हात वा औँला चुस्ने वा नङ नटोक्ने, सार्वजनिक स्थलमा प्रयोग गरिने तौलिया वा रुमाल प्रयोग नगर्ने, मुसाको मात्रा र प्रकार हेरेर तत्काल चिकित्सकसँग परामर्श लिनु नै उत्तम हुन्छ । अन्यथा पछि समस्या पर्न सक्छ ।

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : १२ बजे

इरान-इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित

एजेन्सी– अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि संयुक्त रूपमा

शेखर कोइराला भन्छन्- ‘म कुनै गुटमा छैन, पार्टीलाई एकढिक्का बनाउन प्रयासरत छु’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र आफू कुनै

भारतमा कार दुर्घटना हुँदा ९ जनाको मृत्यु

नयाँदिल्ली– पश्चिमी भारतको महाराष्ट्र राज्यमा एक कार सडकबाट नियन्त्रण बाहिर

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको