इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित « Khabarhub

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं सर्वसाधारण विस्थापित भएका छन्‌ । आफ्ना विरोधीहरूविरुद्ध लडाइँ छेडेको इजरायलले लेबनानमा सक्रिय लडाकु समूह हिज्बुल्लाहमाथि आक्रमण तीव्र पारेपछि दुबै देशका सीमा क्षेत्रमा बसोबास गरिरहेका लाखौं सर्वसाधारणले थातथलो छाडेका हुन्‌ ।

दुबै देशका सरकारले दुई देशको सीमा क्षेत्रमा युद्धका लडाइँका कारण प्रभावित मानिसहरूलाई सुरक्षित स्थानतर्फ जान भनेका थिए । लेबनानका स्वास्थ्यमन्र्त्री फिरास अबियादले इजरायलबाट भएका पछिल्ला हमलाका कारण हजारौं मानिस विस्थापित भएको बताएका छन्‌ ।

इजरायल-लेबनान सीमा क्षेत्रमा बसोबास गरिरहेका मानिसहरूले थातथलो छाडेको यो पहिलोपटक भने होइन । सन्‌ २०२३ अक्टोबर ७ देखि इजरायल-हमास संघर्ष शुरू भएदेखि नै सीमा क्षेत्रबाट लेबनानका मानिसहरू विस्थापित हुन थालेका थिए ।

त्यसयता हालसम्म दुई लाख लेबनानीहरू विस्थापित भइसकेका हुन्‌ । उत्तरी इजरायलतर्फ पनि करिब ६० हजार मानिस विस्थापित भएका छन्‌ ।

प्यालेस्टाइनको गाजापट्टीमा सक्रिय लडाकु समूह हमासविरुद्ध इजरायलले लडाइँ छेड्दादेखि नै लेबनानको लडाकु समूह हिज्बुल्लाह इजरायलविरुद्ध आक्रामक देखिँदै आएको छ । तर, गाजापट्टीमा हमासलाई लगभग तहसनहस पारेको इजरायलले पछिल्लोपटक लेबनानको हिज्बुल्लाहमाथि भीषण आक्रमण गरिरहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १० : ५४ बजे

प्रारम्भिक मतगणना : ५५ मतले पछि परे सुरेन्द्र पाण्डे

काठमाडौं– मतगणनाको अद्यावधिक विवरणअनुसार एमाले महासचिवमा शंकर पोखरेलको अग्रता बढेको

सचिव पदको लोकप्रिय मतमा महेश र छविलालको प्रतिस्पर्धा

काठमाडौं- एमालेको ११औँ महाधिवेशनमा सचिव पदमा भएको मतगणनाको अद्यावधिक विवरणअनुसार

उपमहासचिवमा उम्मेदवारी फिर्ता लिएका गौतमको २६ मत

काठमाडौं– उपमहासचिव पदबाट उम्मेदवारी फिर्ता लिएका राजेन्द्र प्रसाद गौतमले २६

केपी ओली र शंकर पोखरेल दुवैले बढाए अग्रता

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी

एमाले महाधिवेशनको प्रारम्भिक नतिजा : सचिवतर्फ पद्मा अर्याललाई बढी मत, अरुको कति ?

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना जारी रहँदा सचिवतर्फ प्रारम्भिक