अमेरिकी स्टक एक्सचेञ्जमा नेपाली कम्पनीले पनि कारोबार गर्ने | Khabarhub Khabarhub

अमेरिकी स्टक एक्सचेञ्जमा नेपाली कम्पनीले पनि कारोबार गर्ने


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली उद्यमी डा समीर मास्केले स्थापना गरेको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेञ्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ । 

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सँग सम्बन्धित काम गर्दै आएको कम्पनी फ्युजमेसिन्ससिएसएलएम एक्विजिसन कर्पबीच नास्डकमा सूचीकृत हुने गरी मर्जर सम्झौता भएको कम्पनीको भनाइ छ । मर्जरपछि कम्पनीको दुई सय मिलियन डलर बराबरको हुने अपेक्षा गरिएको छ ।

कम्पनीका संस्थापकसमेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत डा मास्केका अनुसार उक्त कम्पनीसँगको सहकार्यपछि कम्पनी ‘फ्युज’ नामबाट नास्डाकमा सूचीकृत हुनेछ । यो प्रक्रिया सन् २०२४ को दोस्रो त्रैमाससम्म पूरा हुनेछ । हाल उक्त सम्झौतालाई दुवै कम्पनीको सञ्चालक समितिले सर्वसम्मतीले पारित गरिसकेको छ भने अब शेयरधनीहरुको स्वीकृति र आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि कम्पनी नास्डाकमा सूचीकृत हुनेछ । 

अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा सहप्राध्यापक समेत रहनुभएका डा मास्केले सन् २०१३ मा फ्युजमेसिन्स कम्पनी स्थापना गरेका थिए । हाल फ्युजमेसिन्स कम्पनीले नेपाल, अमेरिका र क्यानाडाका विभिन्न कम्पनी तथा संस्थासँग काम गरिरहेको छ । कम्पनीमा कार्यरत चार सय ५० जना कर्मचारीमध्ये ३५० जना नेपालबाट काम गरिरहेको उनले बताए। 

 डा मास्केले भने , ‘कम्पनीको संस्थापकका रुपमा विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने निकाय नास्डाकमा  सूचीकृत भएर कारोबार गर्न पाउनु कम्पनीका लागि कोसेढुङ्गा नै हो । यसबाट कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा ठूलो फड्को मार्ने आशा गरेको छु ।’

सम्झौताअनुसार सीएलएलएममा आबद्ध भएकाहरुले पाइप फाइनान्सिङप्रिक्लोजिङ फाइनान्सिङ गरी मितिश्र ढङ्गले फ्युजमेसिन्समा १९ दशमलव ४४ मिलियन डलरसम्म लगानीको प्रतिबद्धता जनाएका छन् । यो रकम कम्पानीको चालु पुँजीको आवश्यकता पूरा गर्न खर्च गरिनेछ कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १ : ०८ बजे

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको

मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु 

मकवानपुर–  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकखण्डमा ट्रकले ठक्कर दिँदा

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरूङको अन्त्येष्टि

भरतपुर– गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरूङको

‘प्रकाश मानव अधिकार पुरस्कार’ यादवलाई प्रदान गरिने

काठमाडौं– अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले यस वर्षको ‘प्रकाश मानव

प्रहरीमा जागिर छाड्नेको लर्को, एक वर्षमै फुकाले २३ सय ६९ जनाले बर्दी

काठमाडौं- नेपाल प्रहरीमा केही वर्षयता जागिर छाड्नेको लर्को लागेको छ