प्रधानमन्त्री कपमा पुलिसको लगातार पाँचौं जित « Khabarhub

प्रधानमन्त्री कपमा पुलिसको लगातार पाँचौं जित


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पुलिस क्लबले जारी  प्रधानमन्त्री कपमा लगातार पाँचौं जित हासिल गरेको छ । बुधबार मूलपानी मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार पाँचौं जित हासिल गरेको हो । 

यस खेलमा मधेश प्रदेशले दिएको ९७ रनको लक्ष्य पछाएको पुलिस क्लबले १८।३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि मधेश प्रदेशले टस हारेर पहिला ब्याटिङ गर्दै २४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाएको थियो । मधेश प्रदेशका लागि कप्तान हरिशंकर शाहले २२, अरनिको यादवले २३ तथा अभिशेख तिवारीले ११ रन बनाए । यी बाहेक मधेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै नेपाल पुलिसका बलर सागर ढकालले सर्वाधिक ५ विकेट लिए भने ललित राजवंशीले ४ विकेट लिएका थिए ।
यो जितपछि पुलिस क्लबको ५ खेलमा १० अंक भएको छ र शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै मधेश प्रदेशले भने तेस्रो हार बेहोरेको छ । मधेश प्रदेशको ७ खेलमा ८ अंक रहेको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ ।

अब पुलिस क्लबले शुक्रबार कर्णाली प्रदेशसँग टियु मैदानमा खेल्ने छ भने मधेश प्रदेशले बिहीबार टियु मैदानमा गण्डकी प्रदेशसँग खेल्ने छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  २ : ०० बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६