३१ लाख मूल्य बराबरको अवैध प्याज बरामद « Khabarhub

३१ लाख मूल्य बराबरको अवैध प्याज बरामद


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराको पथलैयाबाट ३१ लाख मूल्य बराबरको अवैध प्याज र खुद्रा सामानसहित सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बुधबार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी पथलैया बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा बारा जीतपुर सिमरा उप– महानगरपालिका–१ पथलैया चोकबाट अवैध सामानसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । 

उनका अनुसार वीरगञ्जबाट काठमाडौं र रौतहटबाट चितवन जाँदै गरेको सवारीसाधन चेकजाँच गर्दा विल विजकभन्दा बढी स्रोत खुलाउन नसकेको करिब ३१ लाख ६ हजार ३०६ रूपैयाँ बराबरको समानसहित सवारीसाधन नियन्त्रण लिएको हो । 

नियन्त्रणमा लिएको सामनसहित ट्रक र पिकअपलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया बारा पठाइएको उनले जानकारी दिए । 

उनका अनुसार  ना.३.ख.४५३० नम्बरको ट्रकमा २९ लाख ८२ हजार ३०६ रुपैयाँ बराबरको खुद्रा सामान, प्र.२–०३–००१ च.२३९४ नम्बरको पिकअपमा लोड गरिएको करिब १ लाख ४ हजार रुपैयाँ बराबरको अवैध २ हजार ६०० केजी प्याज र बा.प्र.–०३–००१ ख ०१८९ नम्बरको यात्रु बाहक बसमा लोड गरिएको २० हजार मूल्य बराबरको ४०० किलो प्याज प्रहरीले बरामद गरेको हो ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  २ : ५८ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका