३१ लाख मूल्य बराबरको अवैध प्याज बरामद « Khabarhub

३१ लाख मूल्य बराबरको अवैध प्याज बरामद


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराको पथलैयाबाट ३१ लाख मूल्य बराबरको अवैध प्याज र खुद्रा सामानसहित सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बुधबार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी पथलैया बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा बारा जीतपुर सिमरा उप– महानगरपालिका–१ पथलैया चोकबाट अवैध सामानसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । 

उनका अनुसार वीरगञ्जबाट काठमाडौं र रौतहटबाट चितवन जाँदै गरेको सवारीसाधन चेकजाँच गर्दा विल विजकभन्दा बढी स्रोत खुलाउन नसकेको करिब ३१ लाख ६ हजार ३०६ रूपैयाँ बराबरको समानसहित सवारीसाधन नियन्त्रण लिएको हो । 

नियन्त्रणमा लिएको सामनसहित ट्रक र पिकअपलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया बारा पठाइएको उनले जानकारी दिए । 

उनका अनुसार  ना.३.ख.४५३० नम्बरको ट्रकमा २९ लाख ८२ हजार ३०६ रुपैयाँ बराबरको खुद्रा सामान, प्र.२–०३–००१ च.२३९४ नम्बरको पिकअपमा लोड गरिएको करिब १ लाख ४ हजार रुपैयाँ बराबरको अवैध २ हजार ६०० केजी प्याज र बा.प्र.–०३–००१ ख ०१८९ नम्बरको यात्रु बाहक बसमा लोड गरिएको २० हजार मूल्य बराबरको ४०० किलो प्याज प्रहरीले बरामद गरेको हो ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  २ : ५८ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका