नेप्सेको ओरालो यात्रा कायमै « Khabarhub

नेप्सेको ओरालो यात्रा कायमै


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको लगातार चौंथो दिन आज नेप्से परिसूचक १० दशमलव २५ अंकले घटेर दुई हजार ८८ दशमलव ०४ को बिन्दुमा सीमित भएको छ । 

आज विभिन्न तीन सय ११ कम्पनीका एक करोड १० लाख ४९ हजार नौ सय ४९ कित्ता शेयर ९० हजार दुई सय १० पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ८९ करोड ७० लाख २२ हजार पाँच सय ९८ बराबरको कारोबार भएका छन् ।

बैंकिङ समूह शून्य दशमलव ०९ र म्युचुअल फन्ड समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै घट्नेमा भने जलविद्युत् समूह एक दशमलव २७ र लगानी समूह एक दशमलव ६५ प्रतिशतले घटेको छ ।

चन्द्रागिरी हिल्स लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु २५ करोड १५ लाख ६८ हजार ६७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अरुण काबेली पावर लिमिटेडको पाँच लाख ७१ हजार आठ सय ७४ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ४ : ०४ बजे

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई

एमाले केन्द्रीय कमिटी सदस्यले लिए शपथ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीतहरूलाई

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट