फागुन ३ बाट कमेडी च्याम्पियनको तेस्रो सिजन, फर्म्याट फेरिने « Khabarhub

फागुन ३ बाट कमेडी च्याम्पियनको तेस्रो सिजन, फर्म्याट फेरिने


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कमेडी च्याम्पियन सिजन–३ आगामी फागुन ३ गतेबाट सुरु हुने भएको छ । निर्माण पक्षले बुधबार दरबारमार्गमा पत्रकार सम्मेलन गरी प्रतियोगितमा सोचेभन्दा बढी प्रतिभावान् प्रतिस्पर्धी आएकाले शोको फर्म्याटमा हेरफेर गरिने जानकारी दिएको हो ।

निर्देशक विशाल भण्डारीका अनुसार यो शो जम्मा ३३ एपिसोडको रहनेछ । त्यसमा ३२ नियमित र एक एपिसोड फाइनल रहनेछ । फिजिकल अडिसनको पाँचमध्ये तीन एपिसोड तयार भइसकेको उनको भनाइ छ ।

फर्म्याट परिवर्तनबारे जानकारी दिँदै भण्डारीले भने, ‘दुई सिजनमा हामी टप २४ भनेर गर्थ्यौँ । यो पटक हामीले टप ३० को फर्म्याटमा लैजाँदै छौं । पहिला सुपर १५ थियो अहिले सुपर १६ को फर्म्याटमा जान्छौं । त्यसपछि टप १०, ९, ८ हुँदै जान्छ । वाइल्ड कार्डको पनि अवसर छ ।’

प्रतिस्पर्धा रोचक बनाउन फर्म्याट परिवर्तन गरेको निर्णाण पक्षले जनाएको छ । जजमा भने पहिलाकै चार जना, सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा दोहोरिने छन् । यो शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ ।

निर्माण पक्षका अनुसार विजेताले २५ लाख नगद र सोही मूल्य बराबरको गाडी पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : २२ बजे

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र

नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)

काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण

माझी बस्तीमा पस्यो कालीगण्डकी

काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण