फागुन ३ बाट कमेडी च्याम्पियनको तेस्रो सिजन, फर्म्याट फेरिने « Khabarhub

फागुन ३ बाट कमेडी च्याम्पियनको तेस्रो सिजन, फर्म्याट फेरिने


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कमेडी च्याम्पियन सिजन–३ आगामी फागुन ३ गतेबाट सुरु हुने भएको छ । निर्माण पक्षले बुधबार दरबारमार्गमा पत्रकार सम्मेलन गरी प्रतियोगितमा सोचेभन्दा बढी प्रतिभावान् प्रतिस्पर्धी आएकाले शोको फर्म्याटमा हेरफेर गरिने जानकारी दिएको हो ।

निर्देशक विशाल भण्डारीका अनुसार यो शो जम्मा ३३ एपिसोडको रहनेछ । त्यसमा ३२ नियमित र एक एपिसोड फाइनल रहनेछ । फिजिकल अडिसनको पाँचमध्ये तीन एपिसोड तयार भइसकेको उनको भनाइ छ ।

फर्म्याट परिवर्तनबारे जानकारी दिँदै भण्डारीले भने, ‘दुई सिजनमा हामी टप २४ भनेर गर्थ्यौँ । यो पटक हामीले टप ३० को फर्म्याटमा लैजाँदै छौं । पहिला सुपर १५ थियो अहिले सुपर १६ को फर्म्याटमा जान्छौं । त्यसपछि टप १०, ९, ८ हुँदै जान्छ । वाइल्ड कार्डको पनि अवसर छ ।’

प्रतिस्पर्धा रोचक बनाउन फर्म्याट परिवर्तन गरेको निर्णाण पक्षले जनाएको छ । जजमा भने पहिलाकै चार जना, सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा दोहोरिने छन् । यो शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ ।

निर्माण पक्षका अनुसार विजेताले २५ लाख नगद र सोही मूल्य बराबरको गाडी पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : २२ बजे

जेन-जी क्रान्ति : वैकल्पिक दृष्टिकोणको खोज

नेपाल आज गम्भीर अनिश्चितता, अविश्वास र राजनीतिक भ्रमको अवस्थाबाट गुज्रिरहेको

सुनचाँदीको मूल्य निरन्तर अकासिँदो

काठमाडौं– अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा

हुम्लाबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत

हुम्ला– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि हुम्लाबाट सबै प्रतिनिधि

सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता

काडमाडौं– नेपाली कांग्रेसले समावेशिता, समान अवसर, मानवअधिकार र सामाजिक न्यायको

विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो आवश्यक : प्रचण्ड

काडमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै