कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य गर्नुपर्छ : मन्त्री किराती « Khabarhub

कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य गर्नुपर्छ : मन्त्री किराती


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नवनिर्मित आन्तरिक टर्मिनल भवनको उद्घाटन गर्दै मन्त्री किरातीले विमानस्थलबाट हुने सुनलगायतका तस्करीमा कर्मचारीको पनि संलग्नता देखिएको भन्दै कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन् । देशको निम्ति इज्जत जोगाइदिने काम गर्न उनले आग्रह गरे । उनले देश र जनतालाई अग्रभागमा राखेर काम गर्ने भन्दै विमानस्थलको सुधारका लागि निरन्तर काम गर्ने बताए । मन्त्री किरातीले मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाएर जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे ।

पुरानो आन्तरिक आगमन टर्मिनल भवन सानो भएकाले सेवाग्राहीलाई समस्या परेका कारण भवनबाट सेवा सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यस्तै प्राधिकरणले पार्किङ क्षेत्रमा देखिएको समस्या पनि समाधान गर्दै लैजाने जानकारी दिएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : ५८ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई