कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य गर्नुपर्छ : मन्त्री किराती | Khabarhub Khabarhub

कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य गर्नुपर्छ : मन्त्री किराती


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नवनिर्मित आन्तरिक टर्मिनल भवनको उद्घाटन गर्दै मन्त्री किरातीले विमानस्थलबाट हुने सुनलगायतका तस्करीमा कर्मचारीको पनि संलग्नता देखिएको भन्दै कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन् । देशको निम्ति इज्जत जोगाइदिने काम गर्न उनले आग्रह गरे । उनले देश र जनतालाई अग्रभागमा राखेर काम गर्ने भन्दै विमानस्थलको सुधारका लागि निरन्तर काम गर्ने बताए । मन्त्री किरातीले मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाएर जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे ।

पुरानो आन्तरिक आगमन टर्मिनल भवन सानो भएकाले सेवाग्राहीलाई समस्या परेका कारण भवनबाट सेवा सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यस्तै प्राधिकरणले पार्किङ क्षेत्रमा देखिएको समस्या पनि समाधान गर्दै लैजाने जानकारी दिएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : ५८ बजे

आज २०८२ साल साउन २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २ गते शुक्रबार। साउन

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल