मधेसमा ३३ प्रतिशतले घट्यो उखु खेती  « Khabarhub

मधेसमा ३३ प्रतिशतले घट्यो उखु खेती 


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कुनै समयमा उखुलाई नगदे बालीको रूपमा लिने गरिन्थ्यो। बाली लगाउने र सहजै भुक्तानी पाउने भएपछि किसानहरूले नगदेबालीको रूपमा उखु गर्न थालेका थिए। 

सहजरूपमा नै आम्दानी हुन थालेपछि उखु खेतीगर्ने किसानहरूको संख्या निकै बढेको थियो। तर, सरकारले सँधै ढिलो गरी उखुको मूल्य निर्धारण गर्ने, सिजनमा किसानले उधारोमा उखु बेच्नु पर्ने बाध्यता रहेकाले मधेश प्रदेशमा उखु खेती गर्ने किसानको संख्या घट्दै गएको छ।

रौतहटको गरुडामा स्थापना भएको श्रीराम सुगर मिलको शिलान्यास हुँदा उखु किसान हौसिएका थिए । तर मिल नै बन्द भएपछि अहिले उनीहरूले उखु खेती गर्नै छाडेका छन्। चिनी मिललाई किसानले बेच्ने गरेको उखुको भुक्तानी समेत समयमा नपाउने हुँदा किसानहरू विस्थापित भएका हुन्।

मधेशमा विशेष गरेर उत्तरी भेगमा बढी उखु खेती हुने गरेको थियो। भुक्तानीको लागि आन्दोलन गर्दै धर्नासम्म दिनुपर्ने बाध्यता रहेकाले किसानहरूको उखु खेती प्रतिको आकर्षण घटेको हो।

रौतहटका किसान भोजिन्द्र यादव गरुडा चिनी मिल सञ्चालन भएपछि खुसी भएकोमा मिल बन्द हुँदा आफूहरूलाई गाह्रो भएकाले अन्य खेती रोजेको बताउँछन्। अहिले उखुभन्दा पनि अन्य खेतीबाट आम्दानी बढी हुने उनको भनाइ छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको आर्थिक सवेक्षणले ३३.१८ प्रतिशतले उखु खेतीमा ह्रास आएको देखाएको छ। किसानहरूले उखु लगाउन छोडेपछि कतिपय चिनी मिलहरू समस्यामा परेका छन्।

बाबा बैजुनाथ सुगर मिल रौतहटका सञ्चालक बैजु बाबराले किसानले उखु लगाउन छोडेपछि मिल संकटको अवस्थामा रहेको बताए। उनले किसानलाई उखु खेतीतर्फ आकर्षण गराउन नसक्दा समस्या भइरहेको बताए।

सर्लाही धनकौलका उखु किसान राम कल्याण यादवले अन्नपूर्ण चिनी मिलले गत सालकै भुक्तानी दिन बाँकी रहेको गुनासो गरे। देशमै सबै भन्दा बढी उखु खेती हुने सर्लाहीमा तीन वटा चिनी मिल छन्।

 त्यस मध्ये ईन्दुशंकर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह गोडैताले धमाधम उखु क्रसिङ्ग गरिरहेका छन्। यी दुई चिनी मिलबाट भने १०-१५ दिनको अन्तरमा नियमित भुक्तानी पाइरहेको किसानको भनाइ छ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : २२ बजे

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक