मधेसमा ३३ प्रतिशतले घट्यो उखु खेती  « Khabarhub

मधेसमा ३३ प्रतिशतले घट्यो उखु खेती 


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कुनै समयमा उखुलाई नगदे बालीको रूपमा लिने गरिन्थ्यो। बाली लगाउने र सहजै भुक्तानी पाउने भएपछि किसानहरूले नगदेबालीको रूपमा उखु गर्न थालेका थिए। 

सहजरूपमा नै आम्दानी हुन थालेपछि उखु खेतीगर्ने किसानहरूको संख्या निकै बढेको थियो। तर, सरकारले सँधै ढिलो गरी उखुको मूल्य निर्धारण गर्ने, सिजनमा किसानले उधारोमा उखु बेच्नु पर्ने बाध्यता रहेकाले मधेश प्रदेशमा उखु खेती गर्ने किसानको संख्या घट्दै गएको छ।

रौतहटको गरुडामा स्थापना भएको श्रीराम सुगर मिलको शिलान्यास हुँदा उखु किसान हौसिएका थिए । तर मिल नै बन्द भएपछि अहिले उनीहरूले उखु खेती गर्नै छाडेका छन्। चिनी मिललाई किसानले बेच्ने गरेको उखुको भुक्तानी समेत समयमा नपाउने हुँदा किसानहरू विस्थापित भएका हुन्।

मधेशमा विशेष गरेर उत्तरी भेगमा बढी उखु खेती हुने गरेको थियो। भुक्तानीको लागि आन्दोलन गर्दै धर्नासम्म दिनुपर्ने बाध्यता रहेकाले किसानहरूको उखु खेती प्रतिको आकर्षण घटेको हो।

रौतहटका किसान भोजिन्द्र यादव गरुडा चिनी मिल सञ्चालन भएपछि खुसी भएकोमा मिल बन्द हुँदा आफूहरूलाई गाह्रो भएकाले अन्य खेती रोजेको बताउँछन्। अहिले उखुभन्दा पनि अन्य खेतीबाट आम्दानी बढी हुने उनको भनाइ छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको आर्थिक सवेक्षणले ३३.१८ प्रतिशतले उखु खेतीमा ह्रास आएको देखाएको छ। किसानहरूले उखु लगाउन छोडेपछि कतिपय चिनी मिलहरू समस्यामा परेका छन्।

बाबा बैजुनाथ सुगर मिल रौतहटका सञ्चालक बैजु बाबराले किसानले उखु लगाउन छोडेपछि मिल संकटको अवस्थामा रहेको बताए। उनले किसानलाई उखु खेतीतर्फ आकर्षण गराउन नसक्दा समस्या भइरहेको बताए।

सर्लाही धनकौलका उखु किसान राम कल्याण यादवले अन्नपूर्ण चिनी मिलले गत सालकै भुक्तानी दिन बाँकी रहेको गुनासो गरे। देशमै सबै भन्दा बढी उखु खेती हुने सर्लाहीमा तीन वटा चिनी मिल छन्।

 त्यस मध्ये ईन्दुशंकर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह गोडैताले धमाधम उखु क्रसिङ्ग गरिरहेका छन्। यी दुई चिनी मिलबाट भने १०-१५ दिनको अन्तरमा नियमित भुक्तानी पाइरहेको किसानको भनाइ छ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : २२ बजे

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत