सरस्वतीको मूर्ति बनाउन मूर्तिकारको व्यस्तता « Khabarhub

सरस्वतीको मूर्ति बनाउन मूर्तिकारको व्यस्तता


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

इनरुवा- सरस्वती पूजा आउन केही दिन मात्र बाँकी रहेका बेला सुनसरीमा सरस्वती मूर्तिको कारोबारमा वृद्धि भएको छ । माटोको कलात्मक सरस्वतीको प्रतीक राखेर निजी तथा सामुदायिक शैक्षिक संस्था तथा स्थानीयले पूजाअर्चना गर्ने भएपछि मूर्तिको माग बढेको हो ।

जिल्लामा सरस्वती पूजा नजिक आएसँगै मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । यहाँका मूर्तिकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ भने मूर्ति किन्नेको भीड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताए । यहाँका विद्यार्थी र शिक्षकले मनाउने विशेष उत्सवका रुपमा सरस्वती पूजा गर्ने भएकाले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो ।

सरस्वती पूजालाई लक्षित गरेर इनरुवाका मूर्तिकारले हजारौँ मूर्ति निर्माण गरेका छन् । मूर्तिकारले रु दुई हजारदेखि २५ हजारसम्मका कलात्मक मूर्ति बनाएर बिक्री गर्ने तयारीमा रहेको मूर्तिकार राजकुमार यादवले बताए । इनरुवाका एक जना मूर्तिकारले मात्रै तीन जना सहयोगीको साथमा एक सय एक वटा सरस्वतीको मूर्ति निर्माण गरेका छन् । उनले तयार पारेका मूर्तिमध्ये ७५ वटा मूर्ति बिक्री भइसकेको छ ।

सुनसरीमा १० हजारको सङ्ख्यामा सरस्वतीको मूर्ति निर्माण र खरिद बिक्री हुने गरेको छ । मूर्तिको माग बढेपछि मूल्यसमेत बढेको स्थानीय उपभोक्ताले बताएका छन् । यसरी विभिन्न समयमा मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक रु दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

यसरी मूर्तिकारले गरेको कामलाई संरक्षण गर्नसके मूर्तिकार विभिन्न समस्या र चुनौतीको सामना गरेर निर्माण गरेको मूर्तिको उचित मूल्य पाउनुमा कुनै दुई मत देखिँदैन । त्यसैले सरकारले समेत मूर्तिकारलाई समय समयमा तालिम प्रदान गर्नु जरुरी रहेको स्थानीय मूर्तिकारको भनाइ छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ८ : ५३ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर