डेङ्गी लागे निःशुल्क अस्पताल जान १०२ र परामर्श लिन ११८० मा फोन गर्न सकिने « Khabarhub

डेङ्गी लागे निःशुल्क अस्पताल जान १०२ र परामर्श लिन ११८० मा फोन गर्न सकिने


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिकाले डेङ्गी संक्रमणबारे टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० सञ्चालनमा ल्याएको छ ।

अस्पताल जानुपरे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने महानगरले जानकारी दिएको छ । यी हटलाइन नम्बर चौबिसै घण्टा सञ्चालन हुने महानगरले जनाएको हो ।

पछिल्लो चार वर्षयता काठमाडौंमा डेङ्गी संक्रमण व्यापक बढिरहेको छ । विशेषगरी बर्खायाम अर्थात्‌ साउन, भदौ, असोज र कात्तिकसम्म यस रोगको संक्रमण दर तीव्र हुने गरेको छ ।

डेङ्गी सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान थाल्ने भएको छ । महानगर क्षेत्रका बासिन्दामा डेङ्गी संक्रमण बढ्दै अस्पताल भर्ना हुन थालेपछि महानगर संक्रामक लामखुट्टेको बासस्थान नै नष्ट गर्ने जानकारी दिएको हो ।

महानगरले डेङ्गी संक्रमण उपचार गर्न चाहिने सिटामोल र जीवनजललगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको पनि जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : ५५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा