कोशी र गण्डकी प्रदेशका केही भूभागमा वर्षाको सम्भावना « Khabarhub

कोशी र गण्डकी प्रदेशका केही भूभागमा वर्षाको सम्भावना


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायु प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३४ मिनेट र सूर्यास्त साँझ ६ बजेर १ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ६ : १४ बजे

तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने

दाङ– तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ

आठ थान बन्दुक बरामद

सुर्खेत– सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

शिक्षा शुल्कमा लगाइएको कर, अभिभावकमाथि अत्याचार

आर्थिक वर्ष २०८३/८४ को बजेटले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ

भोजपुर तिम्माका किसानलाई आधुनिक मौरीघार बनाउन तालिम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम