‘हिन्दुस्तान टाइम्स’मा रविको लेख : भारतसँगको सम्बन्धलाई विकास र व्यापारमा केन्द्रित गर्नुपर्नेमा जोड « Khabarhub

‘हिन्दुस्तान टाइम्स’मा रविको लेख : भारतसँगको सम्बन्धलाई विकास र व्यापारमा केन्द्रित गर्नुपर्नेमा जोड


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोमबार पाँच दिने भ्रमणका लागि भारत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतसँगको सम्बन्धलाई विकास, लगानी र व्यापारमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । सत्तारुढ दलका सभापति लामिछानेले भारतसँगको सम्बन्धलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने भन्दै यस्तो विचार सार्वजनिक गरेका हुन् ।

मंगलबार भारतको चर्चित दैनिक पत्रिका ‘द हिन्दुस्तान टाइम्स’मा प्रकाशित लेख मार्फत् उनले नेपाल र भारतको सम्बन्धलाई परम्परागत राजनीतिक भन्दा फरक ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

सभापति लामिछानेले लेखमार्फत परराष्ट्र नीति र नेपाल–भारत सम्बन्धबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन् ।

नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’ मा आधारित बनाउनुपर्नेमा जोड उनको जोड छ । लामिछानेले नेपालको जलविद्युत् क्षमता भारतको बढ्दो ऊर्जा आवश्यकताको स्वच्छ स्रोत बन्न सक्ने औँल्याउँदै एकीकृत क्षेत्रीय ऊर्जा बजार निर्माणको आवश्यकतामासमेत जोड दिएका छन् ।

सीमापार व्यापारमासँगै उनले जनकपुर, लुम्बिनी, बोधगया तथा हिमाली क्षेत्रलाई जोड्ने साझा पर्यटन सर्किट निर्माण गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सकिने धारणा सार्वजनिक गरेका छन् । भारतसँग खेलकुदमा सहकार्य गर्नुपर्ने उनको जोड छ । रविको लेखमा कृषि, स्वास्थ्य, साइबर सुरक्षा र विपद् व्यवस्थापनसँगै खेलमा सहकार्यका लागि जोड दिइएको छ ।

उनले नेपाल–भारतबीच समय–समयमा देखिएका विवादलाई उग्र राष्ट्रवादको नाराबाजीबाट नभएर प्रमाणमा आधारित संवाद र आपसी समझदारीबाट समाधान गर्नुपर्ने उनको धारणा छ ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १० : ३५ बजे

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७