धरानमा तत्काल हवाई मैदान बनाउन सकिँदैन : मन्त्री किराती « Khabarhub

धरानमा तत्काल हवाई मैदान बनाउन सकिँदैन : मन्त्री किराती


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धरान– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाई मैदान बनाउन नसकिने बताएका छन् ।

सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन गर्दै मन्त्री किरातीले राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ हवाई मैदान अलपत्र अवस्थामा रहेका कारण धरानमा पनि हवाई मैदानको सम्भाव्यताका लागि मिहिन ढङ्गले अध्ययन भइरहेको बताए ।

प्राविधिकले धरानमा हवाई मैदानका लागि अध्ययन भइरहेको स्थानमा एकतर्फी मात्र उडान अवतरण गर्न मिल्ने जानकारी दिएको उल्लेख गरे । उनले भने, ‘जहाज उडान भर्न सकिन्छ कि सकिँदैन भन्ने बुझेर मात्र हवाई मैदान बनाउनुपर्छ ।’

विकासका लागि धरान एक्लै अघि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री किरातीले धरानले चतरा, बराहक्षेत्र, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायत ठाउँका धार्मिक तथा पर्यटकीयस्थललाई ध्यानमा राखेर सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्डीराज ढकालले पछिल्लो समय व्यापार व्यवसाय धराशायी बनेकाले निजी क्षेत्रलाई उकास्न राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए ।

यही फागुन २३ गतेसम्म सञ्चालन हुने एक्स्पोमा एक सय ५० कक्ष राखिएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ६ : ५३ बजे

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा

कृषिमन्त्रीलाई प्रश्न- मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा

‘तिब्बतीहरूको गतिविधि बढ्नु सरकारको नीति खतरनाक विचलन, गुम्बामा हतियार लुकाइएको हुन सक्छ’

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले