कृषि उद्यममा नमूना ‘एनएमसी एग्रो’ « Khabarhub

कृषि उद्यममा नमूना ‘एनएमसी एग्रो’


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले कृषिमा लगानी र आम्दानी बढाउँदै लगेको छ । सहकारीले १६ बिघा जग्गा खरिद गरेर २०७५ सालदेखि ‘एनएमसी एग्रो फार्म’ सञ्चालन गर्दै आएको हो ।

मेचीनगर–१४ कलमबाडीस्थित सो फार्ममा गाईपालन, माछापालन, हाँसपालन, मौरीपालन, कस्टम हाइरिङ सेवा, साइलेज र तरकारी उत्पादन हुँदै आएको छ ।

कृषि उद्यममा उक्त फार्म नमुना बन्दै गएको छ । विसं २०५० मा बचत तथा ऋण कारोबार सुरु गरेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले कृषि, उद्योग, व्यापार र सेवाको विविध क्षेत्रमा लगानी बढाउँदै लगेको छ ।

एग्रो फार्ममा २२ करोड ७६ लाख लगानी भइसकेको संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए । एग्रो फार्मबाट ४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कारोबार र सदस्यको आधारमा कोशी प्रदेशकै ठूलोमध्येको यस सहकारी संस्थाले एग्रो फार्मसहित डेरी उद्योग, बचत तथा ऋण कारोबार, सहकारी पसल र चिया व्यवसाय सञ्चालन गर्दै आएको छ ।

एग्रो फार्मका लेखा विभाग प्रमुख सुमन पोखरेलका अनुसार फार्मले ६ महिनामा दुई करोड सात लाख आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८०–८१ को अर्धवार्षिक अवधिमा गाईपालनबाट सबैभन्दा धेरै ८० लाख २६ हजार आम्दानी भएको छ । सो अवधिमा फार्ममा एक लाख १२ हजार ६४२ लिटर दूध उत्पादन भएको थियो ।

एग्रो फार्ममा एक सय उन्नत जातका गाई पालिएका छन् । जसमध्ये ४५ गाई दूध दिइरहेका लहिनो छन् । एउटा गाईले दैनिक २५ देखि ४० लिटरसम्म दूध दिने गरेको प्रमुख पोखरेलले बताए ।

मौरीपालनबाट दुई हजार ४५ किलो मह उत्पादन भएको र त्यसको बिक्रीबाट १२ लाख ६८ हजार आम्दानी भएको फार्मले जनाएको छ । फार्मले उक्त अवधिमा चार हजार ८१० किलो माछा र ७७३ किलो हाँसको मासु उत्पादन गरेको छ ।

माछापोखरी एक बिघा १० कट्ठा क्षेत्रफलमा फैलिएको छ । जहाँ उत्पादित माछा बेचेर १२ लाख ३६ हजार आम्दानी गरेको फार्मले जनाएको छ । फार्ममा गाईभैँसीको पोषिलो आहार मानिएको बेल साइलेज उत्पादन हुने गरेको छ । फार्मले साइलेज जिल्लाभरका साना गाई फार्म र पशुपालक कृषकलाई बिक्री गर्दै आएको छ ।

चालु आवको ६ महिनामा १० लाख ७५ हजारको पोषिलो घाँस र सात लाख ९० हजारको बेल साइलेज बिक्री भएको फार्मका अधिकृत पोखरेलले जानकारी दिए ।

उनका अनुसार तरकारी बिक्रीबाट ६ लाख ५० हजार र बिरुवा बिक्रीबाट ६ लाख ५८ हजार आम्दानी भएको छ । फार्मको कस्टम हाइरिङ सेन्टरबाट ५५ लाख ७२ हजार आम्दानी भएको छ ।

आगामी दिनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी)सँग सम्बन्धन लिएर कृषि तथा पशुपालनसम्बन्धी विभिन्न प्रकृतिका तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने फार्मको योजना रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : १८ बजे

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्