युक्रेन र डेनमार्कद्वारा सुरक्षा सहयोग र दीर्घकालीन समर्थनका लागि सम्झौतामा हस्ताक्षर « Khabarhub

युक्रेन र डेनमार्कद्वारा सुरक्षा सहयोग र दीर्घकालीन समर्थनका लागि सम्झौतामा हस्ताक्षर


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

कीएभ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले शुक्रबार दुई देशबीच सुरक्षा सहयोगसम्बन्धी दश वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् ।

युक्रेनको पश्चिमी शहर लिभिभमा हस्ताक्षर गरिएको सम्झौता अन्तर्गत डेनमार्कले युक्रेनलाई सन् २०२३-०२८ सम्म ८.५ अर्ब यूरो (झण्डै ९.२ अर्ब अमेरिकी डलर) को सैन्य र नागरिक सहायता प्रदान गर्नेछ ।

सम्झौता अनुसार सन् २०२४ मा १.८ अर्ब यूरो (झण्डै १.९५ अर्ब डलर) को सैन्य सहयोग प्रदान हुनेछ ।

डेनमार्कले खासगरी युक्रेनको सैन्य क्षमता, समुद्री सुरक्षा, डिमाइनिङ र ड्रोन प्रविधि र रक्षा औद्योगिक आधार विकासलगायतको हवाई रक्षा निर्माण  सुदृढीकरण गर्ने प्रयासलाई सहयोग गर्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १२ : १८ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा