सर्लाही शैक्षिक महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्डले गर्ने « Khabarhub

सर्लाही शैक्षिक महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्डले गर्ने


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन ।

देशको पहिचान र बागमती नगरपालिकाको गौरवको रुपमा हुन लागेको शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्घाटन दिउँसो १ बजे हुने बागमती नगरपालिकाले जनाएको हो । 

नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक र भौतिक गुणस्तरमा उल्लेख्य सुधार गरेकोले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरेको बागमती नगरपालिकाले जनाएको छ ।

‘शिक्षा, स्वास्थ्य, रोजगार, त्यसैकालागि पूर्वाधार’ भन्ने मूल नारा सहित सामुदायिक विद्यालयहरूको रूपान्तरण अभियान अन्तर्गत बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरेको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले जानकारी दिए ।

शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनी शिक्षक, अभिभावक, विद्यार्थीबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने छ । बागमती नगरपालिकाले नगरभित्रका समुदायलाई सामुदायिक विद्यालयसँग जोड्ने प्रयास  स्वरूप १० हजार अभिभावकको आ–आफ्नो सांस्कृतिक झल्किने भेषभुषामा झाँकी सहितको प्रस्तुति रहनेछ ।

हरेक विद्यालय, टोल र वडाबाट आ–आफ्नो सांस्कृतिक पहिचानको पोशाक तथा नाचगानसँगै हामी सुधार गछौं, हाम्रो विद्यालय’ जस्ता नारा सहित अभिभावक उपस्थित रहने बागमती नगरपालिकाको शिक्षा शाखा मीनप्रसाद उपाध्यायले बताए। 

उपाध्यायका अनुसार नेपालमै पहिलोपटक सामुदायिक विद्यालयका तीन हजार छात्रछात्राले एकै साथ नृत्य प्रस्तुत गर्ने र छात्रछात्राले मानव चित्र, नेपालको नक्सा, झन्डा लगायतको विभिन्न कला प्रदर्शन गर्ने बागमती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १२ : २५ बजे

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)