शान्तिका लागि वार्ता प्रयास जारी रहँदा गाजामा १०० भन्दा बढीको मृत्यु « Khabarhub

शान्तिका लागि वार्ता प्रयास जारी रहँदा गाजामा १०० भन्दा बढीको मृत्यु


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायली गुप्तचर प्रमुख युद्धविराम र प्यालेस्टिनी लडाकूहरूद्वारा बन्धक बनाइएका बन्धकहरूको फिर्तीको पयासलाई जारी राख्दै वार्ताको लागि पेरिसमा रहेका बेला गाजामा रातभर भएको आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको शनिबार बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सार्वजनिक गरेको युद्धपछिको गाजाको योजनालाई शुक्रबार प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाले आलोचना र प्यालेस्टिनी प्रशासन र हमासले अस्वीकार गरेपछि पेरिस वार्ताको पहल भएको हो ।

अनिकालको बढ्दो जोखिमबारे संयुक्त राष्ट्रसङ्घको चेतावनी र प्यालेस्टिनीहरूका लागि यसको मुख्य सहायता निकाय यूएनडब्ल्यूआरएले शनिबार बिहानै गाजावासीहरू ‘चरम संकटमा रहेको’ र विश्वले यसलाई हेरिरहेको बताएको छ ।

एएफपीको फुटेजमा शुक्रबार उत्तरी क्षेत्रमा खानाका लागि लामबद्ध भएका गाजाका विक्षिप्त नागरिकहरू आफुहरूको पीडा व्यक्त गर्दै प्रदर्शन गरिरहेको देखिएको छ ।

जबालियानिवासी अहमद अतेफ साफीले भने, ‘हेर्नुस, हामी खाद्यन्नको लागि एकआपसमा सङ्घर्ष गरिरहनुपरेको छ । हामी कहाँ जानेरु’
‘भोक र खानाको अभावका कारण हामी आफ्नो खुट्टामा उभिन सक्दैनौं ।’

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकाय ओसिएचएले सामाजिक सञ्जाल एक्समा शुक्रबार राति जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पर्याप्त खाद्यान्न र पानीको आपूर्तिका साथै स्वास्थ्य र पोषण सेवाको अभावमा गाजामा अनिकालको उच्च जोखिम बढ्ने अनुमान गरिएको छ । 

यसैबीच, मोसाद गुप्तचर निकायका प्रमुख डेभिड बार्नियाको नेतृत्वमा इजरायली प्रतिनिधिमण्डल बाँकी बन्धकहरूलाई फिर्ता गर्ने सम्झौताका लागि शनिबार पेरिसमा पुगेको छ । 

बार्नियासँगै शिन बेट सुरक्षा निकायका रोनेन बार पनि सहभागी हुने इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

संयुक्त राज्य अमेरिका, इजिप्ट र कतार सबै युद्धविराम र कैदी तथा बन्धक आदान-प्रदान सुनिश्चित गर्ने उद्देश्यले विगतका वार्ताहरूमा सहभागी हुँदै आएका छन् । 

नेतन्याहुको सरकारमाथि युद्धविरामका लागि वार्ता गर्न र चार महिनाभन्दा बढीको युद्धपछि बन्धकहरूको रिहाई सुनिश्चित गर्न दबाब बढ्दै गएको छ, बन्दीहरूको परिवारको प्रतिनिधित्व गर्ने एक समूहले शनिबार राति पेरिसमा भएको वार्ताकै दौरान ‘विशाल र्‍याली’ को योजना बनाएको छ ।

ह्वाइट हाउसका दूत ब्रेट म्याकगर्कले यसै साता इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टसँग तेल अभिभमा वार्ता गरेका थियो भने हमासका प्रमुख इस्माइल हनियेहसहित अन्य मध्यस्थकर्तासँग काएरोका कुराकानी गरेका थिए । 

हमास स्रोतका अनुसार नयाँ योजनामा छ हप्ताका लागि द्वन्द्व स्थगन गर्ने र हमासले बन्धक बनाएका ३५ देखि ४० जनाको बदलामा २०० देखि ३०० प्यालेस्टिनी कैदीलाई रिहा गर्ने प्रस्ताव गरिएको छ ।

बार्निया र सीआईएका उनका अमेरिकी समकक्षीले गत नोभेम्बरमा एक साता लामो युद्धविराम वार्तामा सहयोग गरेका थिए, जसमा इजरायली जेलमा रहेका २४० प्यालेस्टिनी कैदीको बदलामा ८० जना इजरायली बन्धकलाई रिहा गरिएको थियो ।

यसअघि, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता किर्बीले पत्रकारहरूसँगको भेटमा अहिलेसम्मको छलफल ‘राम्रो चलिरहेको’ बताएका थिए भने इजरायली युद्ध क्याबिनेट सदस्य बेनी गान्ट्जले ‘प्रगतिको सम्भावनालाई प्रकट गर्ने पहिलो सङ्केत’ बताउनुभएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  २ : ५७ बजे

नेत्रहीन महिला विश्वकप फाइनल : नेपालले भारतलाई दियो ११५ रनको चुनौती

काठमाडौं – नेत्रहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपालले भारतलाई ११५

पाँच महिनादेखि केरुङ नाका ठप्प (तस्बिरहरू) 

काठमाडौं– गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका

विराटनगरमा महेश बस्नेतमाथि आक्रमण प्रयास, गाडीमा रङ फ्याँकियो

काठमाडौं – नेकपा (एमाले)का नेता तथा महेश बस्नेत सवार गाडीमा

एकैदिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

बिर्तामोडस्थित रेखा खोलामा शव भेटिएपछि दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव भेटिएपछि प्रहरीले