अष्ट्रियाका पूर्व चान्सलर कुर्जलाई आठ महिनाको जेल सजाय « Khabarhub

अष्ट्रियाका पूर्व चान्सलर कुर्जलाई आठ महिनाको जेल सजाय


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भियना– अष्ट्रियाका पूर्व चान्सलर सेबास्टियन कुर्जलाई झुटो बयान दिएको अभियोगमा भियना क्षेत्रीय अदालतले शुक्रबार दोषी ठहर गर्दै आठ महिनाका जेल सजाय सुनाएको छ ।

कुर्जले अस्ट्रियाको संसद्को छानबिन समिति समक्ष झुटो बयान दिएको अदालतले फैसलामा उल्लेख गरेको अस्ट्रियाली समाचार संस्था एपीएले जनाएको छ । 

उनले सरकारी स्वामित्व रहेको कम्पनी ओईबीएजीको सल्लाहकार समितिको नियुक्तिमा संसदीय अनुसन्धानको क्रममा स्वीकार गरेभन्दा बढी प्रभाव पारेको प्रमाणले देखाएको छ ।

सैँतीस वर्षीय सन् २०१७ देखि २०१९ सम्म र २०२० देखि २०२१ सम्म अष्ट्रियाको चान्सलरको रूपमा काम गरेका थिए । भ्रष्टाचारको आरोप लागेपछि सन् २०२१ को अक्टोबरमा उनले चान्सलर पदबाट राजीनामा दिएका थिए । 

सन् २०२१ को डिसेम्बरमा उनले राजनीतिबाट टाढा हुने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ४ : ३९ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६