भक्तपुरमा ८० वर्ष अघिका फोटो प्रदर्शनी हुने « Khabarhub

भक्तपुरमा ८० वर्ष अघिका फोटो प्रदर्शनी हुने


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर र काठमाडौँ उपत्यकाभित्रका ८० वर्ष अगाडिको दृश्य कस्तो थियो ? ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, रहनसहन, जात्रा, पर्व तथा रितिरिवाज तथा संस्कृति कस्ता थिए ? सोही समयको झल्को दिने ८० वर्ष अगाडि खिचिएका फोटो भक्तपुरमा प्रदर्शनीमा राखिने भएको छ ।

भक्तपुर पर्यटन विकास समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुरमै पहिलो पटक तीन पुस्ते ब्रिलियन्ट भक्तपुर फोटो प्रदर्शनी-२०८० को आयोजना गर्ने जानकारी दिएको हो ।

समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक दीपेशराज शर्माले भक्तपुरकै पहिलो फोटोग्राफर स्व बद्रीप्रसाद बनेपाली, उनका छोरा केदार, नाति किसन तथा नातिनी सुनी बनेपाली गरी तीन पुस्ताले विभिन्न कालखण्डमा खिचेका फोटोको प्रदर्शनी गर्न लागिएको पत्रकार सम्मेलनमा बताए ।

भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, त्यहाँको रहनसहन, जात्रा पर्व तथा रितिरिवाज, संस्कृति झल्कने ८० वर्ष अगाडिदेखि ३० वर्ष अगाडिसम्म खिचेका फोटोको प्रदर्शनीमा गरिने भएको उनले बताए ।

भक्तपुरको दरबार क्षेत्रमा यही फागुन १८ र १९ गते आयोजना हुने प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६८ वटा तस्बीर राखिने भएको छ । विसं १९७२ मा भक्तपुरको दत्तात्रयमा जन्मिएका स्व बद्रीप्रसाद बनेपाली १४ वर्षको उमेरमै भारतमा फोटोग्राफी तालिम लिएर फर्केपछि भक्तपुरका घर घरमा गएर फोटो खिचेर व्यावसायिक फोटोग्राफी सुरु गरेको उहाँका छोरा एवं फोटोग्राफर केदार बनेपालीले बतार् ।

उनले भने, “बुवाले विसं २०१० मा आफ्नै घरमा दत्तात्रय फोटो स्टुडियो सञ्चालन गरेर भक्तपुरमा व्यावसायिक फोटोग्राफी सुरु गर्नुभएको थियो । मैले पनि १२ वर्षको उमेरमा बुवासँगै फोटो खिच्न सुरु गरेको थिए । मेरो छोरा र छोरीले पनि त्यही काम गरिरहेका छन् । अहिले हामी तीन पुस्ताको फोटो प्रर्दशनी गर्न पाउँदा खुसी लागेको छ ।”

प्रदर्शनीमा हाल अस्तित्वमा नरहेका सम्पदाका तस्बिर समावेश हुने उनको भनाइ छ । प्रदर्शनीले सम्पदाको परिवर्तित स्वरूपबारे नयाँ पुस्तालाई जानकारी गराउने र पर्यटकलाई आकर्षक गराउने विश्वास लिएको आयोजक समितिका सचिव रामसुन्दर भेलेले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ८ : ०८ बजे

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई