मारेर गाडेको अवस्थामा भेटियो पाटे बाघ | Khabarhub Khabarhub

मारेर गाडेको अवस्थामा भेटियो पाटे बाघ


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ ।

मध्यविन्दु नगरपालिका–१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेञ्ज पोष्टका वन अधिकृत दुर्गादत्त कंडेलले जानकारी दिए ।

“रोयल बेङ्गल टाइगर प्रजातिको भाले वयस्क पाटे बाघ गाडेको अवस्थामा पूर्वपश्चिम राजमार्गदेखि पाँच सय मिटर दक्षिण जङ्गलमा भेटिएको हो”, उनले भने, “स्थानीयले बाघ गाडेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।”

यसअघि यही फागुन ४ गते मध्यविन्दु नगरपालिका–१० अरुणखोला जङ्गल क्षेत्रमा भाले प्रजातिको पाटे बाघ मृत अवस्थामा फेला परेको थियो । आठ दिनको अन्तरमा सोही जङ्गल क्षेत्रमा अर्को पाटे बाघ मृत फेला परेको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १० : ३१ बजे

रास्वपा सरकारमा गएकै कारण कांग्रेसले सदन अवरुद्ध गर्‍यो : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा सरकारमा

मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा मनाइयाे 

काठमाडौं– भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रा

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपा रेशम पक्षका लक्ष्मणकिशोरकाे दाबी पेश

काठमाडौं–नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी

क्यान्सर उपचारमा थप २५ हजार सहुलियत 

नारायणगढ– चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका

झिनो अंकले घट्यो नेप्से, ३ अर्ब माथि कारोबार

काठमाडौं–  वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से)