मारेर गाडेको अवस्थामा भेटियो पाटे बाघ « Khabarhub

मारेर गाडेको अवस्थामा भेटियो पाटे बाघ


१२ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ ।

मध्यविन्दु नगरपालिका–१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेञ्ज पोष्टका वन अधिकृत दुर्गादत्त कंडेलले जानकारी दिए ।

“रोयल बेङ्गल टाइगर प्रजातिको भाले वयस्क पाटे बाघ गाडेको अवस्थामा पूर्वपश्चिम राजमार्गदेखि पाँच सय मिटर दक्षिण जङ्गलमा भेटिएको हो”, उनले भने, “स्थानीयले बाघ गाडेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।”

यसअघि यही फागुन ४ गते मध्यविन्दु नगरपालिका–१० अरुणखोला जङ्गल क्षेत्रमा भाले प्रजातिको पाटे बाघ मृत अवस्थामा फेला परेको थियो । आठ दिनको अन्तरमा सोही जङ्गल क्षेत्रमा अर्को पाटे बाघ मृत फेला परेको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १० : ३१ बजे

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै संघर्ष गर्नुपर्ने छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।